बुधबार, १२ वैशाख २०८१

पुर्वाञ्चलमा सुर्योदय यातायातद्धारा अशोक लेलैण्डका बसहरु सञ्चालनमा

समयपोष्ट २०७५ वैशाख २ गते १३:५०

नयाँ वर्षको आगमनसँगै सूर्योदय यातायात एण्ड अटो प्रालीले अशोक लेलैण्डका १५ बसहरु सञ्चालनमा ल्याएको छ ।

Advertisement

बसहरुमा डिजिटल डिस्पले , टि.भी, वाईफाई, जि.पि.एस्, सि.सी क्यामेरा लगायत उपकरणहरु उपलब्ध छन् ।

सूर्योदय यातायात एण्ड अटो प्राली अध्यक्ष देवेन्द्र कुमार न्यौपानेले पूर्वाञ्चलमा नमुना रुपमा यात्रुहरुलाई सेवा दिने उदघोष गरे । उनले अशोक लेलैण्डका सवारी साधनहरु लाईफ टाईम इन्जिन जडित भएकोले फिल्टर र मोविल खर्च बाहेक अन्य खर्च नआउने जानकारी दिए ।

संस्थाका प्रबन्ध निर्देशक सरोज न्यौपानेले आगामी दिनहरुमा यस संस्था देशभरी विस्तार गर्दै यात्रुहरुलाइ गुणस्तरीय सेवा प्रदान गर्ने एक अग्रणी संस्थाको रुपमा परिचित रहने बताए ।

आईएमई मोटर्स प्राली का सेल्स हेड सुधिर सुबेदीले समयको आवश्यक्ता अनुसार न्यून खर्चमा कसरी बस सञ्चालनमा ल्याउन सकिन्छ भन्ने उदाहरण, नेपाली बजारमा अशोक लेल्याण्डका बसहरुले पुष्टि गरिरहेको बताए । उनले १५ प्रतिशत धेरै माइलेज तथा न्यून मर्मत खर्च भएका यी बसहरु व्यवसायी तथा ग्राहक मैत्री रहेको बताए ।

आईएमई मोटर्सले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको र साथसाथै ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गर्ने लक्ष्य लिएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री