बिहीबार, १५ चैत २०८०

आमाको मुख हेर्ने दिन टेलिकमले ल्यायो ह्याप्पी सोसल मिडिया प्याक योजना, यस्ता छन् बिशेषता

समयपोष्ट २०७५ वैशाख २ गते १२:४१

नेपाल टेलिकमले आमाको मुख हेर्ने दिन ह्याप्पी सोसल मिडिया प्याक योजना ल्याएको छ। टेलिकमको जिएसएम तथा सिडिएमए सेवालार्इ लक्षित गर्दै यो योजना ल्याएको जनाएको छ।

Advertisement

ह्याप्पी सोसल मिडिया प्याक अन्तर्गत फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप चलाउन सकिने टेलिकमले जनायो।यो योजना सोमबारदेखि वैशाख १८ गतेसम्म कार्यान्वयनमा आउने टेलिकमले जनायो।टेलिकमका अनुसार ह्याप्पी सोसल मिडिया प्याक अन्तर्गत २१ रुपैयाँमा २ सय ५० एमबी डाटा प्राप्त हुनेछ । सो प्याक विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म प्रयोग गर्न सकिने र सात दिनसम्म प्रयोग गरिसक्नुपर्ने टेलिकमले जनाएको छ।

ह्याप्पी सोसल मिडिया प्याक चलाउदा वेब ब्राउजर नभई सम्बन्धित सोसल मिडियाको एप्स नै प्रयोग गर्नुपर्ने टेलिकमले जनाएको छ।यस्तै कम्पनीले एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुका लागि विद्यार्थी अफर ल्याएको छ।

विद्यार्थीहरुलाई ५० रुपैयाँ टक भ्यालु भएको सीम निःशुल्क दिने जनाउँदै टेलिकमले सो रकम मध्ये १० रुपैयाँमार्फत कल गर्न, डाटा खरिद गर्न वा एसएमएस गर्न जस्ता सबै सुविधा उपयोग गर्न सकिने उल्लेख गरेको छ । कम्पनीका अनुसार बाँकी ४० रुपैयाँमार्फत ४० मिनेट कल गर्न, ६० एमबी डाटा खरिद गर्न र २० वटा एसएमएस गर्न सकिने छ । यी सबै सुविधा ३० दिन भित्र उपभोग गरिसक्नुपर्ने कम्पनीले जनायो।

विद्यार्थीहरुलाई ६ महिनासम्म बोनसको रुपमा प्रतिमहिना ४० मिनेट भ्वाइस कल गर्ने, ६० एमबी डाटा चलाउने र २० वटा एसएमएस पठाउने सुविधा समेत उपलब्ध कम्पनीले जनाएको छ। यो सुविधा उपभोग गर्ने समयावधि ७ दिनको हुने कम्पनीले जनाएको छ।

सो अफर अन्तर्गत रजिष्टर गरिएका सिममा ५० रुपैयाँ वा सो भन्दा बढी रकम रिचार्ज गर्दा समेत १ वर्षसम्म प्रत्येक रिचार्जमा बोनस उपलब्ध गराइने कम्पनीले जनायो।कम्पनीका अनुसार ५० रुपैयाँ रिचार्ज गर्दा बोनस अन्तर्गत १० मिनेट भ्वाइस कल गर्न र ५० एमबी डाटा खरिद गर्न सकिने छ । रिचार्ज गरिसके पछि यो सुविधा तीन दिनभित्र उपयोग गर्नुपर्ने कम्पनीले जनायो।

अफर अन्तर्गत उपलब्ध भ्वाइस कल र एसएमएस टेलिकमकै नेटवर्क भित्रका नम्बरका लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ। कम्पनीले आगामी ३ महिनासम्म विद्यार्थी अफर उपलब्ध गराउने जनाउँदै अफर अन्तर्गत प्राप्त प्याकेज भने सीम एक्टिभ भएको ६ महिनासम्म उपलब्ध हुने उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री