शनिबार, १५ वैशाख २०८१

कर्णालीको विकास सरकारको विशेष प्राथमिकता : प्रधानमन्त्री ओली

समयपोष्ट २०७५ वैशाख १ गते १५:३३

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक सधैं पछाडि रहन नसक्ने बताएका छन् । शनिबार हुम्लाको सिमिकोट पुगेर प्रधानमन्त्री ओलीले भने,‘अब देशलाई विकसित बनाइन्छ,’ प्रधानमन्त्रीले भने, ‘पछाडि परेको देशलाई विकसित बनाउने प्रण गरौं ।’’

Advertisement

प्रधानमन्त्रीले भूगोल जस्तोसुकै भए पनि सबै ठाउको महत्व उत्तिकै रहेको बताए । ‘भूगोल सजिलो पनि हुन सक्छ, अप्ठ्यारो पनि हुन सक्छ,’ उनको भनाइ थियो, ‘सबै ठाउको महत्व आ–आफ्नै छ ।’

प्रधानमन्त्रीले कर्णालीको विकासलाई सरकारले विशेष प्राथमिकता दिएको बताउदै अनुकरणीय प्रदेश बनाइ छाड्ने प्रतिबद्धता जनाए ।

कर्णालीबाट जडिबुटिको प्रबद्र्धन गर्न सकिने उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसका लागि आवश्यक सहयोग सरकारले गर्ने विश्वास दिलाए ।

सभा अगाडि प्रधानमन्त्रीले मुगुको छायानाथ, हिल्सा–सिमिकोट सडक, हिल्सा नाका तथा हुम्लाका सातवटै स्थानीय निकायको हवाई निरीक्षण गरेका थिए ।

प्रधानमन्त्रीसमक्ष स्थानीयबासीले हवाई तथा सडक, कृषि, स्वास्थ्यलगायतका माग प्रस्तुत गरेका थिए । स्थानीयका माग पूरा गर्ने प्रधानमन्त्रीले प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री