शुक्रबार, ७ वैशाख २०८१

अनुगमनमा गएको टोलीले होटलमा यस्तो देखेपछि…….

समयपोष्ट २०७४ चैत ३० गते ५:०४

दाङ जिल्लामा सञ्चालन भएका होटलको बिहीबार अनुगमन गरिएको छ । वास फोरम र घोराही उपमहानगरपालिका–१४ ले गरेको अनुगमनमा अधिकांश होटलमा सरसफाइ नभएको पाइएको अनुगमन टोलीले जनाएको छ ।

Advertisement

अनुगमनका क्रममा अधिकांश होटलले पकाएर राखेका वस्तु खुल्ला रुपमा राखेको पाइएको वास फोरमका संयोजक गोविन्द खड्काले जानकारी दिनुभयो । खुल्ला खाने वस्तुमा झिँगा लागेको पाइएको थियो ।

“होटलहरुमा चाउमिन, समोसा, पकौडी, नमकिन, मिठाई, मासुसमेत खुल्ला रुपमा राखिएको पाइयो,” संयोजक खड्काले भन्नुभयो ।

त्यसैगरी कतिपय होटलका शौचालयसमेत फोहर पाइएको अनुगमन टोलीले जनाएको छ । कतिपय शौचालय दुर्गन्धित भई प्रयोग गर्र्न सक्ने अवस्थामा नरहेको पाइएको थियो भने कतिपय होटलमा खाना पकाउने र भाडा सफा गर्नेसमेत नजिकै रहेको पाइएको थियो । टोलीले होटललाई सफा राख्न,खानेकुरा छोपेर राख्न, शौचालयको सफाइ गर्न तथा खाना बनाउने स्थान र भाँडा मिस्ने स्थान छुट्टाछुट्टै बनाउन सुझाव दिएको थियो । वडा नं १४ लाई सरसफाइयुक्त वडा बनाउने अभियान जारी छ ।

अनुगमन टोलीमा पत्रकार महासंघका सचिव उदय जिएम, वास फोरमका संयोजक खड्का, वडाध्यक्ष शक्तिराम डाँगी, जिल्ला सरसफाइ फोकल पर्सन तिलक न्यौपाने, वडा नं १४ का सचिव तिलकराम डिसीलगायत सम्मिलित हुनुहुन्थ्यो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री