शुक्रबार, ७ वैशाख २०८१

प्रहरी संगठनको क्रियाकलापलाई पारदर्शी तथा जवाफदेही बनाउछु : सर्वेन्द्र खनाल

समयपोष्ट २०७४ चैत २९ गते ६:५४

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनको क्रियाकलापलाई पारदर्शी तथा जवाफदेही बनाउने बताएका छन् । बिहीबार बिहान गृह मन्त्रालयमा दर्ज्यानी चिह्न ग्रहण कार्यक्रममा खनालले लिखित मन्तव्य संक्षिप्त रुपमा राख्दै यस्तो बताएका हुन् ।

Advertisement

सो अवसरमा खनालले सशस्त्र प्रहरी बलसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता पनि जनाए । खनालले पदीय चुनौतिलाई अवसरका रुपमा परिणत गर्दै जाने समेत उल्लेख गरे । कार्यक्रममा उनले आफूसँगै दर्ज्यानी चिह्न ग्रहण गरेका सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाललाई बधाइ दिँदै सहकार्य गरेर अघि बढ्ने बताए । साथै खनालले गृहमन्त्रालयको ८२ बुँदे कार्ययोजनालाई पालना गर्ने प्रतिवद्धता जनाए ।

यसैगरी कार्यक्रममा सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले ऐन नियमअनुसार इमान्दारीतापूर्वक काम गर्ने र चेन अफ कमाण्ड कायम गर्ने बताए । उनले उपलब्ध स्रोत साधनको परिचालन गरेर सशस्त्रको प्रहरी बललाई आधुनिकीकरण गर्ने पनि बताए ।

खनालले आतंककारी गतिविधि र समाजमा खलल पुर्‍याउने कामलाई रोक्नका लागि क्रियाशील हुने बताए । त्यसका लागि आवश्यक नीति नियम निर्माणमा जोड दिने पनि उनले बताए ।

सशस्त्र प्रहरीका महानिरीक्षक खनालले पनि गृहमन्त्रालयको ८२ बुँदे कार्ययोजनालाई अनुसरण गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री