शुक्रबार, १६ चैत २०८०

नेपाल लाइफको ४२ प्रतिशत लाभांश पारित

समयपोष्ट २०७४ चैत २८ गते ५:३३

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ७०.५३ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको अठारौ बार्षिक साधारणसभाले ४२ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

Advertisement

साथै कम्पनीले २८.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी तीन अर्ब ९ करोड रुपैयाँ छ । लाभांश वितरण पश्च्यात कम्पनीको पूँजी चार अर्ब ३९ करोड नाघ्नेछ ।

साथै कम्पनीले हाल कायम रहेको संस्थापक तथा साधारण सेयरधनीको शेयर स्वामीत्वको संरचनालाई परिर्वतन गर्ने भएको छ । जसका लागि कम्पनीले दश प्रतिशत संस्थापक सेयर साधारणमा परिणत गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

अहिले कम्पनीमा संस्थापकको ७० तथा साधारण सेयरधनीको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ । अब कम्पनीमा संस्थापकको ६० तथा साधारणको ४० प्रतिशत सेयर स्वामित्व कायम गरिनेछ ।

इन्स्योरेन्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा २७ करोड ९६ लाख खुद नाफा गरेको छ । जसको प्रति सेयर आम्दानी १८.०६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २७२.९३ रुपैयाँ र प्रतिसेयर कुल सम्पतिको मूल्य १७४७ रुपैयाँ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री