शनिबार, १५ वैशाख २०८१

को हुन् सर्वेन्द्र , शैलेन्द्र ?

समयपोष्ट २०७४ चैत २८ गते १:०८

सशस्त्रमा शैलेन्द्र पनि अब्बल

Advertisement

०४९ मा नेपाल प्रहरीको प्रहरी निरीक्षकमा भर्ना भएका अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेन्द्र खनाल २०५९ मा सशस्त्र प्रहरी बलमा प्रवेश गरेका थिए। तत्कालीन विद्रोही माओवादीको लडाकुसँग लड्न सशस्त्र गठन गरिएको थियो। उनी सशस्त्र प्रवेश गरेपछि त्रिपुरा गण हुँदै तालिम केन्द्र, राष्ट्रिय सुरक्षा परिषद् र प्रहरी महानिरीक्षकको सचिवालयमा बढी बसे। सशस्त्रको एआईजी बढुवामा एक्लै बढुवा हुन सफल भएका शैलेन्द्र सशस्त्रभित्र कमान्ड गर्नसक्ने अधिकृतका रूपमा चिनिन्छन्। लामो समय सचिवालयमा बिताएका शैलेन्द्रले सशस्त्र प्रहरीको नीति–नियमसँगै ऐन निर्माणमा समेत उल्लेखनीय भूमिका खेलेका थिए। मध्यक्षेत्र पथलैयामा बस्दा शैलेन्द्रले आर्थिक अनुशासनलाई पारदर्शी बनाएका थिए।

को हुन् सर्वेन्द्र ?

प्रहरी महानिरीक्षकमा बढुवा भएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) सर्वेन्द्र खनाल ०४६ सालमा प्रहरी निरीक्षक पदबाट सेवा प्रवेश गरेका हुन्। कार्यक्षमता, कार्यसम्पादन मूल्यांकन र वरिष्ठतामा अगाडि रहेका खनाल हालसम्म बसेको प्रहरी इकाइमा उत्कृष्ट काम गरेको अभिलेख छ।

०६२÷६३ को जनआन्दोलनमा काठमाडौं प्रहरीको नेतृत्व गरेका खनालले संयमतासाथ काम गरेका थिए। मधेस आन्दोलनका क्रममा धनुषामा आन्दोलनकारीले सबै सरकारी कार्यालयलाई नियन्त्रणमा लिएपछि सरकारले स्थितिलाई नियन्त्रणमा लिन खनाललाई नै खटाएको थियो। महानगरीय प्रहरी अपराध महाशाखामा बस्दा खनालले गुन्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ को इन्काउन्टर, फुटबलमा हुँदै आएको ‘म्याच फिक्सिङ’, पेट्रोलियम पदार्थमा हुँदै आएको ठगी, सञ्चार उद्यमी जमिम शाहको हत्या आरोपी जगदीश चन्दलाई नियन्त्रण, ललितपुरको बडिखेलमा १२ वर्षपहिले एउटै परिवारका ५ जनाको बीभत्स ढंगबाट भएको हत्याकाण्डको पर्दाफास, करोडौैं ठगी गर्ने युनिटी लाइफ इन्टरनेसनल लिमिटेडका सञ्चालक विष्णुबहादुर क्षेत्री र कृष्णबहादुर क्षेत्रीलाई पक्राउ गरी ख्याति कमाएका थिए।,यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री