शुक्रबार, ७ वैशाख २०८१

प्रहरी प्रमुखमा सर्वेन्द्र खनाल नियुक्त, सशस्त्रमा शैलेन्द्र खनाल

समयपोष्ट २०७४ चैत २७ गते १५:३०

सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलको प्रमुख (आईजीपी) मा शैलेन्द्र खनाललाई नियुक्त गरेको छ ।

Advertisement

मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले डीआईजी खनाललाई आईजीपीमा बढुवा गरेको हो ।

आईजीपीका लागि सर्वेन्द्र खनालसँगै रमेश खरेल र पुष्कर कार्की दौडमा थिए । डीआईजी बढुवाको बरियतामा खनाल पहिलो, खरेल दोस्रो र कार्की तेस्रो नम्बरमा थिए ।

डीआईजीमा बढुवा भएको ८ महिना मात्र भएकाले नयाँ कार्यसम्पादन मूल्यांकन समेत तयार हुन सकेको थिएन । प्रहरी नियमावलीमा एक वर्षको कार्यसम्पादन मूल्यांकन गर्ने व्यवस्था छ ।

सशस्त्र प्रहरी प्रमुख (आईजीपी)मा शैलेन्द्र खनाल

मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरीको प्रमुखमा शैलेन्द्र खनाललाई नियुक्त गरेको छ । सशस्त्रको आईजीपीका लागि खनालसँगै पुष्पराम केसी दौडमा थिए ।

नेपाल प्रहरीबाट सशस्त्र प्रहरी बलमा छिरेका शैलेन्द्र खनाल व्यवसायिक र इमान्दार अफिसरको रुपमा परिचित छन् । आफ्ना ब्याचमेटहरु नेपाल प्रहरीमा भर्खर प्रहरी बरिष्ठ उपरिक्षक ९एसएसपी० दर्जामा भए पनि खनाल सशस्त्र प्रहरी बलको बागडोर सम्हाल्ने भाग्यमानी अफिसर हुन् ।

सरकारले खनाललाई एआईजी बढुवा गरेको बेला सशस्त्रका डिआईजी उत्तम खड्का उनको बढुवाविरुद्व सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिट उपर अन्तरिम आदेश नभसँगै खनालको आईजिपी हुने बाटो तय भैसकेको थियो ।

त्यतिबेला जित बहादुर पुन खनालसँगै एआईजीमा बढुवा भएपनि उनी पदावधिका कारण घर गईसकेका छन् । त्यसैबेला पछि परेका एआईजी पुष्पराम केसी खनालभन्दा करिब १० महिना ढिला एआईजिमा बढुवा भएका थिए । यसरी आफ्ना प्रतिस्पर्धी केसी १० महिना जुनियर भएसँगै खनालले ३५ हजार सशस्त्र प्रहरी बलको कमाण्ड सम्हाल्ने मौका पाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री