शुक्रबार, १४ वैशाख २०८१

सीमान्तकृत समुदायका बालबालिकाप्रति सरकारको चासो : व्यापारी, उद्यमीलाई शिक्षादीक्षाको जिम्मेवारी लिन पहल गर्ने

समयपोष्ट २०७४ चैत २७ गते ७:०९

मन्त्रिपरिषद्को आजको बैठकले पुन: दुई सचिवको सरुवा गर्ने निणर्य गरेको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजीव गौतमलाई कानुन मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो ।

Advertisement

यस्तै प्रधानमन्त्री कार्यालयमा डिल्लीराज घिमिरेलाई पदोन्नतीसहित प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

साथै बैठकले नयाँ शैक्षिक सत्रमा भर्ना अभियानलाई प्रभावकारी बनाउनको लागि प्रधानमन्त्रीदेखि, राजनीतिक दलका नेता, कलाकार बुद्धिजीवि, पत्रकारलगायत समाजका हरेक तह र तप्काका व्यक्तिलाई एक बच्चा विद्यालयसम्म पुर्याउनको लागि पहल गर्न समेत आहवान गरेको छ ।

बाँस्कोटाका अनुसार सरकारले व्यापारी, उद्यमीलगायतलाई सीमान्तकृत समुदायका १ जना बालबालिकाको शिक्षादीक्षाको जिम्मेवारी लिन पनि आग्रह गर्ने निर्णय गरेको छ।

त्यसको सुरुवात वैशाख १ गतेदेखि नै विद्यार्थी भर्ना गरेर गर्न सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री