शुक्रबार, १४ वैशाख २०८१

नेता सिंहको आरोप : कांग्रेसले लिएको अर्थ नीति गलत थियो भन्ने देखाउन श्वेत पत्र जारी गरियो

समयपोष्ट २०७४ चैत २७ गते ६:३६

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले श्वेतपत्र जारी गरेर निजी क्षेत्रलाई आतंकित पारेको आरोप लगाएका छन् । मंगलबार नेपाल प्रेस युनियन गुल्मीले तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता सिंहले यस्तो बताएका हुन् ।

Advertisement

पत्रकार भेटघाटमा नेता सिंहले भने, ‘वर्तमान सरकारले श्वेतपत्र जारी गरी निजी क्षेत्र र अर्थतन्त्रलाई आतंकित बनाउने प्रयासमा लागेको छ ।’

कांग्रेसले लिएको अर्थ नीति गलत थियो भन्ने देखाउनका लागि श्वेत पत्र जारी गरिएको उनले आरोप लगाए । नेता सिंहले मुलुकको आर्थिक बिकाससंग सम्बन्धित भएका कारण निजी क्षेत्र र सहकारी क्षेत्रलाई साथमा लिनु जरुरी रहेको बताए ।

‘अहिले आर्थिक अवस्था स्थिर छ,’ नेता सिंहले भने, ‘यो समयमा अरु कुरामा ध्यान नदिइ, पूर्वाधार बिकास, खानेपानी, कृषि, स्वास्थ्य क्षेत्रमा केही बढी मिहिनेत गरेे समृद्धिको सपना साकार हुनेमा कसैको पनि दुई मत छैन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण निरन्तरताबाहेक अरु केही नभएको सिंहले टिप्पणी गरे । ‘प्रधानमन्त्रीको भारत भ्रमण पहिले-पहिले पनि हुने गरेकाले यसलाई चमत्कारको रुपमा बुझ्न जरुरी छैन,’ सिंहले भने, ‘यसपटक भएका कुरा कार्यान्वयन गराउन सकेमात्र उपलब्धिमुलक मान्न सकिन्छ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री