शनिबार, १५ वैशाख २०८१

अब नेपालको राष्ट्रिय झण्डा राखेर पानीजहाज चलाउने सोचका साथ सरकारले गृहकार्य गरिरहेको छ : प्रधानमन्त्री ओली

समयपोष्ट २०७४ चैत २६ गते १५:०३

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राष्ट्रिय हित र अखण्डतालाई केन्द्रमा राखेर आफूले भारतसँग केही समझदारी गरेको बताउनुभएको छ ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघको पाँचाँै वार्षिक साधारणसभामा प्रधानमन्त्री ओलीले देश र जनतालाई समृद्ध बनाउन भारतसँग गरिएको समझदारीबाट कृषि, रेलमार्ग र जलमार्गमा नयाँ आयाम थप हुने बताउनुभयो । काठमाडौँ–रक्सौल रेलमार्गलाई चाँडो बनाउन नेपाल र भारत दुवै मुलुकबाट छिट्टै अध्ययन हुने बताउँदै उहाँले अब नेपालको राष्ट्रिय झण्डा राखेर पानीजहाज चलाउने सोचका साथ सरकार गृहकार्यमा रहेको जानकारी दिनुभयो ।

सरकारले व्यवसायीको लगानी सुरक्षा गर्ने बताउँदै प्रधानमन्त्री ओलीले पूर्वाधार विकास गरी रोजगारी वृद्धि गर्ने र जनताको आयस्तर बढाउने योजना सुनाउनुभयो ।

“देशमा कडा कानूनको व्यवस्था गरी कुनै पनि क्षेत्रमा अनियमितता गर्नेलाई दण्डित गरिने छ”, उहाँले प्रष्ट पार्नुभयो ।
सभामा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले वस्तु तथा सेवा निर्यात नगर्दासम्म मुलुकमा विदेशी विनिमय सिर्जना हुन नसक्ने भएकाले सुनको आयातमा केही नियन्त्रण गर्नुपरेको बताउँदै पछिल्लो समयमा यसको अत्याधिक वृद्धि हुँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो । महासंघका अध्यक्ष मोहन सुनारले देशभर करीब २५ हजार व्यवसायी सो व्यवसायमा संलग्न रहेको जानकारी दिनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री