धरौटीमा रिहा भएलगत्तै तय भयो सलमानको नेपाल भ्रमण
भारतीय अभिनेता सलमान खान आगामी जेठ १२ गते नेपाल आउने भएका छन् । खानसहित बलिउड कलाकारहरु ‘दबगं द टुर नेपाल’नामक सो को लागि जेठमा नेपाल आउने भएका हुन् । ओडिसी इन्टरटेनमेन्टका अनुसार अब सोही कार्यक्रम १२ जेठमा काठमाडौँको टुँडिखेलमा आयोजना हुनेछ ।
यसअघि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विरोधपछि फागुन २६ गते हुने भनिएको पूर्व निर्धारित कार्यक्रम सुरक्षाको कारण देखाउँदै रद्द भएको थियो ।
त्यसलगत्तै कालो हरिण शिकार अभियोगमा सलमान जेल गएपछि कार्यक्रम के हुन्छ भन्ने अन्योल थपिएको थियो तर सलमान धरौटीमा रिहा भएलगत्तै आयोजकले नेपालमा गर्ने भनिएको कार्यक्रमको मिति तय गरेको हो ।
नेपालस्थित आयोजक ओडीसी इन्टरटेनमेन्टलाई मुम्बईमा रहेको जेए इभेन्ट्सले पठाएको पत्रमा मे २६ तारिख अर्थात् जेठ १२ गते सलमानको दबङ टूर नामक सो आयोजनाका लागि निश्चित गरिएको उल्लेख छ ।
पत्रमा सलमान खानसहित सोनाक्षी सिन्हा, कृति सनोन, प्रभु देवा, दिशा शाह, मिट ब्रस, मनिष पल र डान्सरहरु सोका लागि निश्चित गरिएको समेत उल्लेख छ ।
प्रतिक्रिया