३३ केजी सुन तस्करी काण्ड : राप्रपा नेता गुरुङ पक्राउ
समयपोष्ट
२०७४ चैत २५ गते १०:४४
राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ तस्करीको ३३ केजी सुन प्रकरणमा पक्राउ परेका छन् । मनाङ होटलका सञ्चालक समेत रहेका गुरुङलाई आइतबार बिहान पक्राउ परेका हुन् ।
गुरुङसँगै ३३ केजी सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संङ्ख्या ११ पुगेको छ । गु्रुङ यसअघि राप्रपा नेपालमा थिए । पशुपति शमशेर राणाले पार्टी फुटाएपछि उनी प्रजातान्त्रिकमा लागेका हुन् ।
प्रतिक्रिया