बुधबार, १२ वैशाख २०८१

राष्ट्रपति ट्रम्पको नीजि भवनमा आगलागीः एकको मृत्यु

समयपोष्ट २०७४ चैत २५ गते ६:१३

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको नीजि भवन ‘ट्रम्प टावर’ मा आगलागी भएको छ । शनिबार भएको आगलागीमा एकको मृत्यु हुनुको साथै ६ अग्नी नियन्त्रक घाइते भएका छन् ।

Advertisement

प्रहरीले मृतकको पहिचान भवनको ५० औं तल्लामा बस्ने ६७ वर्षीय टोड ब्रासनरको रुपमा गरेको छ । उनलाई निकै गम्भीर अवस्थामा अस्पताल पुर्याइएको र उनको उपचारको क्रममा मृत्यु भएको सिएनएनले जनाएको छ ।

न्यूयोर्कको पुलिस विभागका अनुसार न्यूयोर्कको फिफ्त एभिन्यूमा रहेको उक्त भवनको ५० औं तल्लाबाट सुरु भएको आगलागी बेलुका ९ बजे नियन्त्रणमा लिइएको थियो । आगलागी ७ बजेबाट सुरु भएको बताइएको छ ।

घाइते ६ अग्नी नियन्त्रकको अवस्था सामान्य रहेको बताइएको छ । आगलागी हुँदा ट्रम्प परिवारका कोही पनि सदस्य नरहेको पनि बताइएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री