शनिबार, ८ वैशाख २०८१

बैशाखको पहिलो साता हुने भनिएको “दबगं द टुर नेपाल”अब के हुन्छ ?

समयपोष्ट २०७४ चैत २३ गते १३:४०

भारतीय अभिनेता सलमान खानलाई ५ वर्षको जेल सजाय सुनाइएको छ । कालो हरिणको शिकार गरेको मुद्दामा उनलाई जोधपुर अदालतले बिहिबार सो सजाय सुनाएको हो ।
सलमान जेल गएसंगै ओडीसी इन्टरटेनमेन्टले सलमानलाई काठमाडौंको टुँडीखेलमा ल्याएर कार्यक्रम गर्ने भन्दै उठाएको करोडौँ रकम के हुन्छ त ? यसबारे आयोजकले हालसम्म चार हजार टिकट विक्री भईसकेको र मे २६ मा सलमान नेपाल आउने पक्का भएको दाबी गरेको छ ।

Advertisement

आयोजकले कार्यक्रमका लागि सलमानले ६ करोड भन्दा बढी रकम बुझिसकेको समेत दाबी गरेको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विरोधपछि फागुन २६ गते टुँडीखेलमा हुने भनिएको सलमानको पूर्व निर्धारित कार्यक्रम रद्द भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री