शनिबार, १५ वैशाख २०८१

यस्तो आउँदै छ बजेट

समयपोष्ट २०७४ चैत २२ गते १५:२३

प्रदेश नं १ को सरकारले यही चैत २९ मा चालु आर्थिक वर्ष ०७४÷७५ को बाँकी अवधिका लागि बजेट ल्याउने भएको छ ।

Advertisement

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङवोले आज पत्रकारहरूलाई जानकारी दिँदै बजेट तीन महिनाको हुने बताउनुभयो ।

उहाँले छोटो समयका लागि ल्याउन लागेको बजेट अनुदानमा आधारित हुने जानकारी दिनुभयो ।

मन्त्री आङवोले विकास निर्माणमा बजेट खर्च गर्ने समय नभएकाले सानो आकारको बजेट ल्याउन लागिएको बताउनुभयो ।

बजेट ल्याउन आर्थिक कार्यविधि विधयेक प्रदेश प्रमुखबाट आज जारी भएपछि बजेट निर्माणको कानुनी बाटो खुलेको हो ।

मन्त्री आङवोले उक्त बजेट विकास निर्माणका अध्ययन, नदी, बाढी र पहिरो नियन्त्रणका लागि केन्द्रित हुने जानकारी दिनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री