बिहीबार, १५ चैत २०८०

चट्याङ लागेर खोटाङमा दुईको मृत्यु, एक घाइते

समयपोष्ट २०७४ चैत २२ गते ७:५८

चट्याङ लागेर खोटाङको छुट्टाछुट्टै ठाउँमा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

Advertisement

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का ६२ वर्षीय सम्बरबहादुर दाहाल र साकेला गाउँपालिका–२ की ५५ वर्षीया बालकुमारी खत्रीको मृत्यु भएको हो भने उनका पति प्रेमबहादुर खत्री घाइते भएका छन् ।

घरैमा बसिरहेको अवस्थामा बुधबार दिउँसो पानीसँगै परेको चट्याङ लागेर बेहोस बनेका दाहाललाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको स्थानीयवासी गंगाबहादुर विश्वकर्माले बताउनुभयो । यस्तै, घरपरिवारलाई खाजा पकाउँदै गरेकी खत्रीको भान्छा कोठामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।

उपचार गराउन लैजानेक्रममा बाटैमा मृत्यु भएका दाहालको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङमा राखिएको छ भने खत्रीको शव ल्याइँदै गरिएको प्रहरीले जनाएको छ । घाइते प्रेमबहादुरको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ ।

दुवैजनाको घरैमा परेको चट्याङले अन्य क्षति भने नगरेको स्थानीयवासीले बताएका छन् । चट्याङका दृष्टिले खोटाङ अति जोखिममा रहेको मानिए पनि अहिलेसम्म प्रतिरक्षाका लागि कुनै पहल गरिएको छैन ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री