शनिबार, ८ वैशाख २०८१

उपमेयरलार्इ हाकीमले किस गर्न खोजेपछि……………….

समयपोष्ट २०७४ चैत २२ गते ५:२३

नमोबुद्ध नगरपालिकाकी उपमेयर रामदेवी तामाङले एक एनजीओका हाकिमले आफूलाई किस मागेको खुलासा गरेकी छन् ।

Advertisement

जिल्ला प्रहरी कार्यलयको आयोजनामा भएको ‘जबरजस्ती करणी अपराध अनुसन्धान तथा नियन्त्रण अभियान’ कार्यक्रमलाई सम्बोधन गर्दै तामाङले उक्त कुराको खुलासा गरेकी हुन् ।

‘काभ्रेकै एक एनजीओ कार्यालयमा गएको थिएँ त्यस अफिसको कार्यालय सहयोगीले भित्र हाकीमसापले बोलाएको छ भने पछि भित्र जाँदा त्यस एनजिओका हाकीमले ‘मलाई एकचोटी किस गर न’ भने ।’ उपमेयर तामाङले भने– ‘तर मैले उनको लगत नियतको विरुद्ध कानूनि उपचार गर्ने तिर लागेन ।’

एकल महिला भएकै कारण मलाई विभिन्न ठाउँहरूमा करणीको आशय देखाउने गरेको उपमेयर तामाङले बताइन् । ‘म उपमेयरमा निर्वाचित हुनु भन्दा अगाडी एनजीओमा काम गर्दा एउटा फोन आयो ।’ उनले सुनाए– ‘म तपाईको संस्थालाई सहयोग गर्न चाहन्छु भन्यो र म भेट्न जादाँ उनले ३ करोड बजेड दिन्छु भने, तर मलाई त्यसको बदलामा लगत आशयको अपेक्षा राखेको रहेछ ।’

कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका अध्यक्ष उद्धव केसी, जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी शिव सिम्खडा, जिल्ला समन्वय समितिका कार्यकारी कोमल प्रसाद धमला, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सहकुलबहादुर थापा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, मानव अधिकारकर्मी भोजराज तिमल्सिना, ६ वटा नगरपालिका र ७ वटा गाउँपालिकाका प्रमुख उपप्रमुख, सञ्चारकर्मी प्रहरी एनजीओ कर्मी लगायको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री