शुक्रबार, १४ वैशाख २०८१

अझै केही दिन पानी पर्ने

समयपोष्ट २०७४ चैत २१ गते १०:०४

काठमाडौ उपत्यका लागायत पूर्वी तथा पश्चिमी पहाडी क्षेत्रमा अझै केही दिन मौसममा बदली भई पानी पर्ने जल तथा मौसम विभागले जनाएको छ ।

Advertisement

उच्च बायु मण्डलमा पश्चिमी वायुका साथै पूर्वबाट आएको जलवाष्पयुक्त हावाका कारण मेघ गर्जन पानी परेको र यो अवस्था अझै केही दिन रहनसक्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

मौसमविद् श्रेष्ठका अनुसार भारतको गुजरात नजिकै अरब सागरमा अवस्थित सामुन्द्रीक चक्रवात कमजोर भएसँगै यसको प्रभाव न्यून हुदै गएको र हाल देशको पश्चिमी हिमाली क्षेत्रमा बदली भइररहेको छ । सामान्यता मार्च, अप्रिल र मे महिना प्री–मनसुनको समय भएकाले यो समयमा मौसम बदली भई देशका विभिन्न भागमा पानी पर्ने गरेको छ ।

विभागका अनुसार बुधबार पनि सुदुरपश्चिमदेखि पुर्वी पहाडी क्षेत्रमा मेघ गर्जनसहित र पानी परेको छ । यो तीन दिनको अवधिमा सबैभन्दा बढी पानी गत सोमबार परेको थियो । सोमबार सवैभन्दा बढि ५१ एमएम पानी परेको मौसमविद् श्रेष्ठले बताए । उनका अनुसार शनिबारबाट मौसम सफा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री