शनिबार, १५ वैशाख २०८१

प्रदेश नं २ लाई प्राविधिक शिक्षाको हव बनाउनुपर्छः मुख्यमन्त्री राउत

समयपोष्ट २०७४ चैत २१ गते ८:२१

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ लाई प्राविधिक शिक्षाको हव बनाउने दिशामा आफूहरु उन्मुख रहेको बताउनुभएको छ ।

Advertisement

सामाजिक विकास मन्त्रालयले आज जनकपुरमा आयोजना गरेको संघीयतामा शैक्षिक कार्यदिशा, संगठन तथा जिम्मेवारी विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो – “पारम्पारिक शिक्षाले प्रदेशको मुहार फेर्न नसकिने भएकाले अबका दिनमा प्राविधिक शिक्षामा जोड दिने नीति प्रदेश सरकारले लिइनेछ ।”

मुख्यमन्त्री राउतले प्राविधिक शिक्षा प्राप्त गर्ने नागरिक आफैंमा दक्ष हुने र त्यसले प्रदेश तथा मुलुकलाई नै फाइदा पु¥याउने भएकाले प्रदेश सरकारले आफनो नीति तथा कार्यक्रममा यसलाई प्राथमिकतामा राखेको चर्चा गर्दै यस प्रदेशका कलेज राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याती प्राप्त गरेको विगतका इतिहासलाई अहिले पनि निरन्तरता दिइनुपर्नेमा जोड दिनुभयो ।

प्रदेश नं २ मा मात्र दुई लाख भन्दा बढी बालबालिका विद्यालय भन्दा बाहिर रहेको उदेक लाग्दो तथ्यांक छ भन्दै उहाँले सबै बालबालिकालाई विद्यालयमा पु¥याउन प्रदेश सरकारले आफ्नो सय दिने कार्यक्रममा ‘बेटी पढाउ बेटी बचाउ,’ दलित बालबालिकाका लागि विशेष शिक्षा योजना सहितको कार्यक्रम ल्याएकाले त्यसको सफल कार्यान्वयनमा लाग्न सम्बन्धित अधिकारीलाई निर्देशन पनि दिनुभएको हो ।

सामाजिक विकासमन्त्री नवलकिशोर साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेशका मुख्य सचिव राजेश्वरमान सिंह, क्षेत्रीय शिक्षा निर्देशक दिनेश श्रेष्ठ, शिक्षा विभागका निर्देशक केशव दाहाल र सामाजिक विकास मन्त्रालयका सचिव डा किरण रुपाखेतीलगायत वक्ताले शिक्षाको महत्व, अवसर र चुनौतीको विविध पक्षमाथि प्रकाश पार्नुभयो ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री