शुक्रबार, १६ चैत २०८०

युवा संघ केन्द्रीय समितिको बैठक काठमाडौँमा

समयपोष्ट २०७४ चैत २१ गते ६:५७

युवा संघ नेपाल केन्द्रीय कार्यसमितिको बैठक आगामी वैशाख ३ र ४ गते काठमाडौँमा बस्ने भएको छ ।

Advertisement

देशभरका सांगठनिक तथा राजनीतिक अवस्था र अबको युवा आन्दोलनलाई सही दिशानिर्देश गर्नका लागि बैठकमा छलफल गरिने संघका उपाध्यक्ष दिलु पन्तले जानकारी दिनुभयो ।

संघका गतिविधि र नेकपा (माओवादी केन्द्र) निकट वाइसिएलसँग हुन लागेको एकताका आधार तथा संगठनको भावी कार्यदिशाबारे पनि बैठकमा छलफल हुनेछ ।

संघका अध्यक्ष राजीव पहारी प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि अब संगठनको नेतृत्व कसरी हस्तान्तरण गर्ने र लामो समयदेखि हुन नसकेको महाधिवेशन एकतापछि कसरी गर्ने भन्ने धारणा पनि बैठकले तयार गर्ने जनाएको छ ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री