शुक्रबार, २१ असोज २०७९

‘निजी विद्यालयप्रति सरकारले सौताको जस्तो व्यवहार देखायो’

समयपोष्ट २०७४ चैत २१ गते ६:१०

नेपाल सरकारले अहिले पनि निजी विद्यालयको अस्तित्व स्वीकार गरेको छैन । निजी विद्यालयहरूलाई सरकारले जसरी सेवा–सुविधा दिएर व्यवस्थापन गर्नुपर्ने हो, त्यो गरेको छैन बरु सौताको जस्तो व्यवहार देखाइरहेको छ । शिक्षा ऐनमा निजी र सरकारी विद्यालय नभनी एउटा छुट्टै किसिमको ऐन आओस् भन्ने हाम्रो चाहना हो । एउटा निजी विश्वविद्यालयका लागि यो देशमा छुट्टै ऐन कानुन बन्छ भने जहाँ आठ हजारभन्दा बढी निजी विद्यालय छन्, तिनीहरूको छुट्टै नीति बन्न सकेको छैन । सरकारी नीतिमा पनि हामीलाई सौताको जस्तो व्यवहार भएको महसुस गरेका छौँ ।

Advertisement

करिब दुई वर्षअगाडि नेपालमा संविधान बन्यो । संविधानमा तीनवटा कुराहरू प्रष्टरूपमा उल्लेख छ । एउटा निजी लगानी, एउटा सहकारी र अर्को नेपाल सरकारको लगानीलाई बढी प्राथमिकता दिइएको छ । ऐनमा आए तापनि विद्यालयलाई निजी लगानीको रूपमा प्रमोसन गर्न नियम कानुनमा आउन सकेन । निजी विद्यालयहरूले जुन योगदान दिएका छन्, जति राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा उसको पहुँच पुगेको छ, शिक्षालाई अगाडि बढाएको छ तर सरकारले निजी स्कुललाई एउटा पाटोको रूपमा हेरिराखेको छैन । निजी स्कुलले सरकारले तोकेका थुप्रै कर तिरिराखेको छ । तर सरकारले सोचेअनुसार निजी स्कुलको व्यवस्थापन गरिराखेको छैन । निजी संस्थालाई टेढो आँखाले हेर्ने सरकारको नीति छ । जबसम्म सरकारको यो नीतिमा परिवर्तन आउँदैन, तबसम्म निजी क्षेत्र सोचेअनुरूप फस्टाउन सक्दैन । हो, एक–दुईवटा निजी स्कुल फस्टाउलान् तर सबै स्कुलहरू त्यसरी फस्टाउन सक्दैनन् ।

निजी र सामुदायिक स्कुलबीचको अन्तर

निजी र सामुदायिक स्कुलबीच अहिले खासै अन्तर छैन । हामीले नेपाल सरकारकै कक्षा ८ को जिल्लास्तरीय जाँच दिन्छौँ । ९ र १० मा हामीले नेपाल सरकारकै पाठ्यक्रम अनुसार पढाउँछौँ । फरक भनेको हामीले दुई–तीनवटा एडिस्नल किताब थपेका हुन्छौँ र त्यसका लागि अर्को टिचर राख्छौँ । अर्को हामी अंग्रेजी माध्याममा पढाउँछौं ।

Advertisement

निजी र सामुदायिक विद्यालयको सबैभन्दा ठूलो कुरा भनेको व्यवस्थापन नै हो । निजी स्कुलले विद्यार्थीहरूलाई राम्रो शिक्षा दिएर अभिभावकलाई खुसी बनाउनुपर्छ । त्यसबापत उनीहरूले पैसा तिर्छन् । तर सामुदायिक विद्यालयमा नेपाल सरकारको पैसा आउँछ । साथै, सामुदायिकमा सोचेअनुसारको राम्रो व्यवस्थापन हुँदैन । शिक्षकहरू निजीभन्दा सामुदायिकमा राम्रा छन् तर ती शिक्षकहरूमा सोचेअनुसारको जोस, जाँगर र उत्साहको कमी देखिन्छ । विद्यार्थीहरूले के पढिरहेका छन् भन्ने मूल्याङ्कनको पनि कमी छ । त्यस कारण त्यो ग्यापलाई पुर्नका निमित्त सबैभन्दा पहिले सामुदायिक विद्यालयको व्यवस्थापनलाई व्यापक परिवर्तन गर्नुपर्छ । शिक्षकहरूलाई उनीहरूको जिम्मेवारीमा उत्तरदायी बनाउनुपर्छ । सामुदायिक विद्यालयले अभिभावकहरूलाई सामुदायिक विद्यालयमा पनि राम्रो अध्यापन हुन्छ है भन्ने कुराको बोध गराउन सक्नुपर्छ ।

निजी विद्यालयमा व्यवस्थापन एकदम राम्रो हुन्छ । उनीहरूलाई अभिभावक खुसी पार्नुपर्ने चुनौती हुन्छ । विद्यार्थीले राम्रो नगरे त्यहाँ शिक्षकको जागिर नै धरापमा पर्छ । अभिभावकहरूका गुनासा आउँछन् । त्यस कारण निजी विद्यालयका शिक्षकहरू स्वयं कक्षामा जानुपूर्व राम्रो तयारी गरेर मात्र कक्षा कोठामा जान्छन् । तर सामुदायिक स्कुलका शिक्षकहरू राजनीतिक दलमा आबद्ध हुन्छन् । राजनीतिक दलसँग आबद्ध शिक्षकलाई कसैले चलाउनै सक्दैन न त सरुवा नै गर्न सक्छ । हाकिमलाई पिउनले नै टेर्न छोडेपछि यो देशमा के हुन्छ ? त्यस कारण अब नेपालबाट यो युनियन भन्ने शब्द नै हटाउनुपर्छ ।
काठमाडौँमा धेरै सामुदायिक स्कुलहरू छन्, जसले धेरै राम्रो गरेका छन् । अन्य जिल्लामा पनि सामुदायिक विद्यालयहरूले राम्रो गरेको उदाहरणहरू धेरै छन् । ती ठाउँहरूमा निजी विद्यालयहरू फस्टाउन सकिरहेका छैनन् । सामुदायिक विद्यालय राम्रो हुनेबित्तिकै निजीहरूलाई चुनौती थपिन्छ ।

आजभोलि अभिभावकका दुईभन्दा बढी सन्तान हुँदैनन् । सबैले आ ना सन्तानलाई राम्रो शिक्षादीक्षा दिन चाहन्छन् । स्वदेश अथवा विदेशमा सन्तानले राम्रो गर्न सकून् भन्ने कुरामा अहिलेका अभिभावकहरू निकै नै सचेत छन् । समग्रमा भन्नुपर्दा सामुदायिक स्कुलले पनि राम्रो गर्दै गइरहेका छन् ।

फितलो अनुगमन र शुल्क

निजी स्कुलमा शुल्क एकरूपता नभएको कुरा सधैँ भर्ना हुने बेला उठ्ने र सेलाउने गर्दछ । नेपाल सरकार, शिक्षा मन्त्रालयले सोचेअनुसारको अनुगमन गरेको छैन । अहिले सबै स्थानीय तहमा गएको हुँदा अब ती कुराहरू विस्तारै हल हुँदै जान्छन् । अर्को, जुन स्कुलले धेरै फि लिइरहेका छन्, त्यही स्कुलमै अभिभावकले विद्यार्थी किन लैजान्छन् ? निजी विद्यालयमा सुरुआतमै कति खर्च लाग्छ भन्ने जानकारी दिइएको हुन्छ । हाम्रै स्कुलको सन्दर्भमा भन्नुपर्दा हामी हरेक वर्ष अभिभावकलाई त्यस वर्ष कुन विषयमा कति शुल्क लाग्छ भनी चिठी पठाएर नै जानकारी दिन्छौँ । अत्याधिक शुल्क उठाउने विद्यालयको हकमा भन्नुपर्दा अभिभावकले आफूले चाहेको कुरा त्यस स्कुलमा पाएर नै उनीहरूले बच्चालाई त्यस स्कुलमा पढाएको होला । निजी विद्यालयहरू अत्याधिक महँगो र सस्तो पनि छ । अभिभावकले आनो क्षमताअनुसार नै पढाएका हुन्छन् ।

त्यसमा सरकारले अनुगमन भने पक्कै गर्नुपर्छ । शुल्क उठाएअनुसारको सुविधा विद्यालयले दिएको छ र अभिभावक खुसी छन् भने भन्ने कुरा आउँदैन । नेपालमा राम्रा निजी विद्यालय खुलेसँगै नेपालका विद्यार्थीहरू भारतका विद्यालयमा भर्ना हुने क्रम रोकिएको छ । अभिभावकहरूले आना छोराछोरीलाई स्वदेशमा पढाइरहेका छन् । मेरै साथीहरूले आना छोराछोरीलाई दार्जीलिङ, देहेरादुन, दिल्लीमा पढाइरहेको मैले देखेको छु । त्यस्ता अभिभावकका लागि अहिले नेपालमा च्वाइस छन् ।

अभिभावकलाई सुझाव

सबैभन्दा पहिले म अभिभावकहरूलाई स्कुलको भिजिट गर्नुहोस् भन्न चाहन्छु । त्यसपछि त्यो स्कुलको इतिहास हेर्नुहोस्, त्यहाँका शिक्षक समूह, भौतिक पूर्वाधारहरू कस्ता छन्, त्यो बुझ्नुहोस् । कुनै नयाँ खुलेका स्कुलहरूमा अभिभावकलाई आकर्षित गर्न तडक–भडक गरिएको हुन सक्छ । त्यसमा सचेत बन्नुहोस् । स्कुलको वातावरण बुझ्नुहोस् । स्कुलले गर्दा तपाईंको एक मात्र बच्चा बिग्रिएर स्कुललाई फरक पर्दैन न त एउटा बच्चा बिग्रिएर स्कुल नै बिग्रिन्छ । त्यस कारण स्कुलको करिअर, सबैभन्दा महत्वपूर्ण कुरा त्यसको इतिहास, एसएलसीको नतिजा, त्यहाँको म्यानेजमेन्ट कस्तो छ, बच्चाहरूलाई व्यक्तिगतरूपमा हेरचाह गरिन्छ कि गरिँदैन, त्यो बुझ्न नछुटाउनुहोस् ।

नाइटिङ्गेलका विशेषता

नाइटिङ्गेल स्कुल अब २६औँ वर्षमा प्रवेश गर्दैछ । हाम्रो स्कुल विशेषतः मध्यमवर्गीय विद्यार्थीहरूलाई फोकस गर्ने स्कुल हो । यो कुपण्डोलमा अवस्थित छ, जहाँ मध्यमवर्गीय बहालवाला कर्मचारीहरू बसोबास गर्ने गर्छन् । त्यस्ता परिवारका बच्चाहरूको बाहुल्यता यस स्कुलमा रहेको छ । यो २५ वर्षको अवधिमा नेपालको इतिहासमै सामाजिक, शैक्षिक, सांस्कृतिक, खेलकुदलगायतको क्षेत्रमा अब्बल स्कुलको रूपमा प्रमाणित गर्न सफल भएको छ । शिक्षा मन्त्रालयमा गएर यस स्कुलको १० देखि १५ वर्षको रेकर्ड हेर्ने हो भने टप १० देखि टप ३ सम्म लगातार पर्न सफल भएको छ ।

यो स्कुलले एसएलसी दिन थालेको लगभग १३ वर्षजति भइसकेको छ । त्यो अवधिमा यहाँका विद्यार्थीहरू नेपालको प्रशासनिक, वकालत क्षेत्रमा सहसचिवसम्म पुगिसकेका छन् । डाक्टर, इन्जिनियर त धेरै उत्पादन गरिसकेका छौँ । कतिले एमडी गरेर पेसा सुरुआत गरिसकेका छन् । विदेशमा पुगेका यहाँका विद्यार्थीले नेपालको इज्जत र प्रतिष्ठा जोगाउन सफल भएका छन् । यो हाल नेपालको टप ३ भित्र पर्ने स्कुल हो ।

अहिले हामीसँग दुई हजारभन्दा बढी विद्यार्थीहरू यस स्कुलमा अध्ययनरत छन् । विगत १० वर्षदेखि हामी २५ सय विद्यार्थीलाई निरन्तर अध्यापन गराउँदै आएका छौँ । एसईई सुरु भएदेखि हाम्रा ८० देखि ८५ भन्दा बढी विद्यार्थीले ए, ए प्लस ल्याउने गरेका छन् । हरेक क्षेत्रमा यो स्कुल अब्बल भनेर प्रमाणित गराउन सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री