शनिबार, १५ वैशाख २०८१

राष्ट्र बैंकसँग २२ करोड सिक्का

समयपोष्ट २०७४ चैत २१ गते २:०७

नेपाल राष्ट्र बैंकसँग करिब २२ करोड सिक्का मौज्दात रहेको छ । आजको राजधानी दैनिकमा यो समाचार छापिएको छ ।

Advertisement

राष्ट्र बैंक टक्सार विभागका अनुसार एक र दुई रुपैयाँका गरी कुल २१ करोड ३८ लाख ८५ हजार रुपैयाँ सिक्का मौज्दात रहेको छ ।

अहिले विभागसँग १८ करोडभन्दा बढी सिक्का मौज्दात छ । राष्ट्र बैंक विराटनगर शाखासँग ७४ करोड रुपैयाँभन्दा बढी, जनकपुर शाखासँग ९५ लाख रुपैयाँ सिक्का मौज्दात रहेको विभागको भनाइ छ ।

त्यस्तै, पोखरा शाखासँग ३४ लाख, भैरहवा शाखासँग २१ लाख, नेपालगंज शाखासँग ६७ लाख र धनगढी शाखासँग ७८ लाख रुपैयाँ सिक्का रहेको राष्ट्र बैंक टक्सार विभागले जनाएको छ ।

राष्ट्र बैंकसँग भएको सो मौज्दातले डेढदेखि दुई वर्षसम्मको माग धान्न सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री