बिहीबार, २६ असार २०८२

गायक प्रमोद खरेल चढेको कार दुर्घटना

समयपोष्ट २०७९ वैशाख १५ गते ११:०२

Advertisement

गायक प्रमोद खरेल चढेको कार दुर्घटना भएको छ ।

बुधबार राती गायक खरेल चढेको कार तुल्सीपुरमा दुर्घटना भएको हो ।

दुर्घटनामा खरेल घाइते भएका छन् । गायक खरेल हिजो साँझ तुल्सीपुरमा हुने कार्यक्रममा सहभागी हुन नेपालगञ्ज पुगेका थिए ।

राति १ बजे होटल पुग्न १० मिनेटअघि आयोजकले चलाएको कार गम्भीर दुर्घटनामा परेको खरेलले जानकारी दिए । उनका अनुसार कार सडकको पर्खालमा बज्रिएको थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री