प्रचण्डलाई देख्ने बितिक्कै बोल्दै नबोली कोठाबाट बाहिरिए लेखराज
समयपोष्ट
२०७९ वैशाख ८ गते १२:५४
नेकपा (एमाले)का सचिव लेखराज भट्टले धनगढी विमानस्थलमा भेटएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बेवास्ता गरेका छन् ।
बिहीबार बिहान काठमाडौंबाट कार्यक्रमका लागि धनगढी पुगेका प्रचण्ड र भट्ट धनगढी विमानस्थलको विशिष्ट कक्षमा आमने सामने हुँदा समेत एक अर्कासंग बोलेनन् ।
विशिष्ट कक्षमा प्रचण्ड पुगेलगत्तै भट्ट विशिष्ट कक्षबाट बाहिरिएका थिए । लेखराज काठमाडौं आउन विमानस्थलमा पुगेका थिए ।
आफ्नै पूर्वअध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डलाई लेखराजले अभिवादनसम्म नगरेको माओवादी नेता–कार्यकर्ता बताउँछन् । नेकपा विभाजनपछि एमालेमा लागेपछि प्रचण्डले लेखराजको चर्को आलोचना गरेका थिए ।
प्रतिक्रिया