एनएमबि बैंकको नवौं हेरिटेज वाक कार्यक्रम सम्पन्न

एनएमबि बैंकले नवौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।

Advertisement

शनिबार बिहान आयोजित कार्यक्रम एनएमबि भवन, एनएमबि बैंक, बबरमहलबाट शुरु भई बसन्तपुर डवलीसम्म पुगी समापन भएको हो । यो हेरिटेज वाक कोभिड १९ को प्रकोप पश्चात २ वर्ष पछि आयोजना गरिएको हो ।

समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवद्र्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ ।

बैंकले नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा बसन्तपुर डवलीमा बैंकका कर्मचारी, नेपाल हेरिटेज सोसाईटीका सदस्यहरु, युनेस्काको सदस्य तथा सर्वसाधारणहरु गरी लगभग ५०० जनाको सहभागितामा प्ले कार्ड सहित उक्त डवली क्षेत्रसम्म पुगी हेरिटेज वाक सम्पन्न गरिएको हो ।

उक्त कार्यक्रममा नेपाल हेरिटेज सोसाईटी तथा स्थानिय सिन्हा स्वान खलालाई डस्टविनहरु प्नि हस्तान्तरण गरिएको थियो । सोही प्रकारको कार्यक्रम प्रदेश १, २, ४,५,६ र ७ मा समेत गरीएको छ । प्रदेश १ मा विराटनगर शाखा देखी पिण्डेश्वरी मंदिर, मधेष प्रदेश (प्रदेश नं. २) मा विरगंज शाखा देखी गहवा माई मंदिर, गण्डकी प्रदेशमा चिप्लेढुङ्गा शाखादेखी भद्रकाली मंदिर, प्रदे्रश ५मा ट्राफिक चोक शाखादेखी जीतगढी किल्ला र सुदूर पश्चिम प्रदेशमा बजार क्षेत्र परिक्रमा गरी विभिन्न मंदिरहरु सरसफाई गरेको छ ।

Advertisement

उक्त हेरिटेज वाकमा साँस्कृतिक सम्पदालाई आफ्नो बच्चालाई जत्तिनै माया गरौं, यो मेरो साँस्कृतिक सम्पदा हो यसलाई म सफा राख्छु,साँस्कृतिक सम्पदा संरक्षण भावी सन्ततीको लागी मार्गदर्शन, अतिथीको सम्मानार्थ साँस्कृतिक सम्पदाको जगेर्ना, A Nation’s Heritage resides in the Heart and soul of its People, We stand together to preserve our Heritage लगायतका नारा अंकित प्ले कार्डहरु थियो ।

उक्त कार्यक्रमम नेपाल हेरिटेज सोसाईटीकी अध्यक्ष अम्बिका श्रेष्ठ, उक्त सोसाइटीकै सदस्य तथा पुरातत्वविद् प्रकाश दर्नाल, युनेस्कोको कन्ट्री डाइरेक्टर माइकल क्रोफ्ट लगायतले सम्पदा संरक्षणको महत्वको बारे प्रकाश पार्दै वक्तव्य दिनु भएको थियो भने एनएमबि बैंकका सञ्चालक समितिका सदस्य उत्तम भ्लोनले स्वागत मन्तव्य दिनु भएको थियो साथै एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत श्र सुनिल के.सी.ले सांस्कृतिक सम्पदा हाम्रो राष्ट्रको गौरव भएको र यसलाई संरक्षण गर्न हामी हातेमालो गर्नु पर्नेमा जोड दिदै भन्यवाद ज्ञापन गर्नु भएको थियो ।

विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री