माछापुच्छ्रे बैंकको ग्राहक सेवा केन्द्रले २४ सै घण्टा सेवा प्रदान गर्ने

माछापुच्छ्रे बैंकले नयाँवर्ष २०७९ को अवसरमा ग्राहक सेवा केन्द्रलाई दिनको २४ सै घण्टा र हप्ताको सातै दिन सञ्चालनमा ल्याउने गरि सुरुवात गरेको छ ।

Advertisement

बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ स्मार्ट सुविधाहरु सहितविभिन्न ट्रेण्ड सेट गर्दै आएको र्बैंकलेग्राहकवर्गलाई मध्यनजर गर्दै बैंकले यसअघि सिमित अवधिका लागि संचालन गरिरहेकोे सेवा हरेक दिन २४ सै घण्टा संचालन गर्ने व्यवस्था मिलाएको हो ।

ग्राहक सेवा केन्द्रले ग्राहकवर्गलाई परेको समस्याको समाधान बैंकको औपचारिक सामाजिक सञ्जालतथा टेलिफोन मार्फत सुविधा दिदैँ आई रहेको छ

बैंकको गुणस्तरिय सेवाविस्तारका साथै देश तथा बिदेशमा रहेकाग्राहकहरुलाई बैंक संग सम्बन्धित सूचनाआदान–प्रदान गर्नका लागि ग्राहक सेवा केन्द्रले मुख्य भुमिका खेल्नेछ । ग्राहक महानुभावहरुले ०१५९७०५५५ नम्बरमा फोन गरि आफुलाई आवश्यक परेको जानकारी तत्काल प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
जसबाट ग्राहकहरुले बैंक संग सम्बन्धितविभिन्न सेवा, सुविधा, सुचना, गुनासो तथाअन्यकुराहरुको जानकारीकालागि बैंकसम्म पुग्न सहज हुनेछ ।
स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमाआधारित सेवा सुविधा ग्राहक माझ ल्याउन कटिवद्ध रहेको बैंकले मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाताएंव मुद्धती खाताखोल्ने, क्यू.आर.कोड लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।

बैंकले हाल देशका७ वटै प्रदेशमा १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६५शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री