शुक्रबार, ४ जेठ २०८१

तारो ब्राण्डको दुई पाङ्ग्रे बाईक तथा स्कुटर नेपाली बजारमा

समयपोष्ट २०७८ चैत २३ गते १८:२६

Advertisement

एस.जि गु्रप अन्तर्गत रहेको ओम मोटोकर्प प्रा.लि ले हालसालै इटालियन प्रविधि र डिजाइन मा निर्मित तारो ब्राण्डको दुई पाङ्ग्रे बाईक तथा स्कुटर नेपाली बजारमा भित्राएको छ ।

कम्पनीले तारो ब्राण्डका Imola 150 Alex र T9150 गरी दुई मोडलमा स्कुटर र GP2 200, GP1 250 SR र GP1 380 गरी तिन मोडलका Premium Bikes हरु नेपाली बजारमा पस्केको छ । नक्सालको नारायण चोकमा आफ्नो कर्पाेरेट शोरुमको विस्तार गर्दै, काठमाण्डौंको भत्केकोपुल र रातोपुलको कोरेडोरमा आफ्नो अत्याधुनिक सर्भिस सेन्टरको निमार्ण अन्तिम चरणमा पु¥याएको छ ।

यसका साथै टेकु स्थित वाइकर्स मार्टसले पनि कम्पनीको आधिकारीक बिक्रि प्वाइन्ट लिदैं यस व्राण्डको वाइक तथा स्कुटर बिक्रि गर्दै आएको छ । उपत्यका वाहिरका मुख्य मुख्य सहरहरुमा जस्तै ः धरान, इटहरी, विर्तामोड, दमक, चितवन , बुटवल, पोखरा , दाङ्ग, नेपालगन्ज र धनगढीमा डिलर विस्तारको योजना अघि सारेको छ भने हेटौंडामा कम्पनीले डिलर छनौटको प्रक्रिया सकाइ, आवश्यीकिय संरचनाको निमार्ण कार्यलाई अघि बढाउदैं, सानोपोखरा स्थित ओम अटोमोवाइल्स मार्फत बिक्रि सेवा प्रदान गर्दै आएको छ । कम्पनीले आफ्नो Imola 150 को बिक्री मुल्य रु.३,३०,००० GP1 250 SR को रु.६,५०,००० र GP1 380 CC को बिक्री मुल्य रु.९,५०,००० कायम गरेको छ ।

आकर्षक डिजाइनको साथै EFI,TFT, Display, CBS ( Combined Braking System), Liquid Cooled Engine र अन्य Master of Engineering हरु यस व्राण्डका वाइक तथा स्कुटरमा अनुभव गर्न सकिन्छ ।
साथै कम्पनीले नयाँ वर्ष २०७९ लाई लक्षित हुने गरी यही चैत्र २४ देखि ३१ बैशाख २०७९ सम्म लागु रहने गरी आफ्नो अफर सार्वजानिक गरेको छ । जसमा त्बचय ब्राण्डका कुनै पनि स्कुटर खरिद गर्दा सिधै रु.१५००० छुट पाउने छ, न्एद्द द्दण्ण् खरिद गर्दा रु.२०,००० छुट, न्एज्ञ द्दछण् क्च् मा रु. २५००० र न्एज्ञ घडण् खरिद गर्दा रु.३०,००० छुट पाउने छ । साथै कम्पनीले यस अवधि भर खरिद गर्ने मध्ये २ जना भाग्यशाली ग्राहकहरु लाई लक्की ड्र माफर्त बैंककको प्याकेज अफर गरेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री