सोमबार, १३ असार २०७९

ऋषि धमलालाई २४ घण्टे स्पष्टीकरण पत्र

समयपोष्ट २०७८ चैत २२ गते १९:३८

Advertisement

सञ्चारकर्मी तथा मिडिया व्यवसायी ऋषि धमलालाई प्रेस काउन्सिल नेपालले पत्र लेख्दै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

प्राइम टाइम्स टेलिभिजनका सञ्चालक समेत रहेका उनलाई  सो टिभीबाट  यही चैत २० गर्ने जनता जान्न चान्छन् कार्यक्रममा प्रसारित सामग्रीप्रति काउन्सिलले आपत्ति जनाएको हो ।

सो कार्यक्रममा ‘काठमाडौं उत्रिएपछि विमानस्थलबाटै ऋषि धमलाको रिपोर्टिङ, सेक्युरिटीले रोकेपछि यस्तोसम्म भयो’ शीर्षक दिई विमान भित्रबाटै प्रत्यक्ष प्रसारण गरेको सामग्रीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा मित्रराष्ट्र भारतको औपचारिक भ्रमण सकेर नेपाल फर्कने क्रममा भ्रमण दलमा नै सहभागी भएका उनले  विमानभित्रैबाट अनुमति बेगर, पटकपटक वायु सेवाका कर्मचारीहरुले सेक्युरिटी प्रोटोकल विपरीत यसो नगरिनिुस्, यसो गर्न मिल्दैन भन्दाभन्दै पनि बलजफ्ति जवरजस्ती रुपमा निषेध गरिएको क्षेत्रमा छिरेर भिजुअल रेकर्ड गरी सम्प्रेषण गरेको सो अनुगमनबाट देखिएको काउन्सिलले जनाएको छ ।

Advertisement

साथै केही समय अघि सञ्चारकर्मी धमलाले नेपाल बारको आन्तरिक बैठकमा पनि अनुमतिबेगर बैठकस्थलमा प्रवेश गरी प्रत्यक्ष प्रसारणको प्रयास गरेको विषय समेत काउन्सिलको स्वअनुगमनबाट नोटिममा लिइएको अमुगमन अधिकृत सुरेन्द्र मल्लले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री