बुधबार, २ जेठ २०८१

भारत सरकारको अनुदानमा बोक्सेमा बन्ने विद्यालय भवनको शिल्यान्यास

समयपोष्ट २०७८ चैत २२ गते १४:०८

Advertisement

भारत सरकारको अनुदान सहायतामा निर्माण हुँन लागेको बालमन्दिर माध्यमिक विद्यालय भवनको शिलान्यास गरिएको छ ।

उदयपुर जिल्ला, गाईघाट, त्रियुगा नगरपालिका बोक्सेमा रहेको उक्त विद्यालय मंगलबार परराष्ट्रमन्त्री डा. नारायण खड्का तथा भारतीय राजदूतावासका कार्यवाहक राजदूत नामग्य सी खम्पाले शिलान्यास गर्नुभएको हो ।

सामुदायिक विकास परियोजनाका रुपमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत नेरु ३ करोड ११ लाखको लागतमा भारत सरकारको अनुदान सहयोगमा यो परियोजना अघि बढाइएको हो ।

Advertisement

बालमन्दिर माध्यमिक विद्यालय उदयपुर जिल्लाकै एक पुरानो विद्यालय हो । निर्माण कार्य सम्पन्न भइसकेपछि यो विद्यालयलाई नयाँ परिसरमा सारिनेछ । विद्यालयमा हाल ११०० विद्यार्थीहरु अध्ययनरत छन् जसमा करिब ७०% छात्राहरु रहेका छन् ।

नेपालका सातैवटा प्रदेशमा विशेष गरी तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाई तथा अन्य सार्वजनिक संरचनाहरुको निमार्ण जस्ता विविध क्षेत्रहरुमा सन् २००३ यता भारतले ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ भने ४६७ वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ । त्यसमध्ये उदयपुर जिल्लाका आठ निर्माण सम्पन्न परियोजना तथा निर्माण र कार्यान्वयनका विभिन्न चरणमा रहेका अन्य आठ परियोजनासहित ७१ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना प्रदेश १ मा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री