देउवा-मोदीले गरे नेपालका चार परियोजनाको संयुक्त उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा नेपालका महत्वपूर्ण चारवटा परियोजनाको उद्घाटन गरेका छन् ।

Advertisement

शनिबार हैदरवाद हाउसबाट देउवा र मोदीले भर्चुअल माध्यमबाट चारवटा परियोजनाको उद्घाटन गरेका हुन् ।

उद्घाटन भएका परियोजनाहरूमा जनकपुर–जयनगरको ३५ किलोमिटर रेलसेवा, ९० किलोमिटर लामो सोलु कोरिडोर प्रसारण लाइन, भूकम्पपछि पुनर्निर्माण भएका १३२ वटा स्वास्थ्य चौकी र नेपाल र भारतबीच ‘रुपी कार्ड’ रहेका छन् ।

दुवै देशका प्रधानमन्त्रीले रिमोर्टमार्फत यी परियोजनाको उद्घाटन गरेका हुन् ।

भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री देउवा शुक्रबार नयाँदिल्ली पुगेका हुन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री