शनिबार, ८ वैशाख २०८१

निषेधाज्ञामा सहज सेवा दिन सांग्रिला बैंकले तोक्यो सम्पर्क व्यक्ति

समयपोष्ट २०७८ वैशाख १७ गते २०:०१

Advertisement

निषेधाज्ञाको बेलामा आफ्ना ग्राहक तथा सेवाग्राहीहरुले सहज र सुलभ ढंगले सेवा पाउन् भन्ने उद्देश्यले सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न क्षेत्रका लागि सम्पर्क व्यक्ति तोकेको छ ।

निषेधाज्ञा अवधिमा बैंकका ग्राहकहरुलाई सहज रुपमा सेवा प्रवाह गर्न बैंकले सहजीकरणका लागि विभिन्न क्षेत्रमा समन्वयकर्ताहरु तोकेको हो ।

जसअनुसार काठमाण्डौ उपत्यकाका विभिन्न शाखाका लागि विभिन्न सम्पर्क व्यक्ति तोकिएको छ भने प्रदेशस्तरमा पनि समन्वयकर्ता छनौट गरी उनीहरुको नाम र सम्पर्क नम्बरको सूची नै सार्वजनिक गरिएको छ ।

काठमाण्डौ उपत्यकाका लागि विभिन्न शाखामा कुल १९ जना सम्पर्क व्यक्ति तोकिएको छ ।
यस्तै, प्रदेश नम्बर १ का लागि २ जना, प्रदेश नम्बर २ का लागि २ जना, भरतपुर क्षेत्रका लागि २ जना, मकवानपुर क्षेत्रका लागि एकजना, बुटवल क्षेत्रका लागि एकजना, बाग्लुङ क्षेत्रका लागि एकजना, नेपालगञ्ज क्षेत्रका लागि ३ जना, दाङ क्षेत्रका लागि एकजना, गोरखा क्षेत्रका लागि २ जना, कर्णाली प्रदेशका लागि एकजना, सुदुरपश्चिम क्षेत्रका लागि २ जना र पोखरा क्षेत्रका लागि २ जना सम्पर्क व्यक्ति तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री