बिहीबार, ६ वैशाख २०८१

१.५७ प्रतिशतले बढ्यो महालक्ष्मी विकास बैंकको खुद नाफा

समयपोष्ट २०७८ वैशाख ७ गते ११:५२

Advertisement

महालक्ष्मी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४० करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.५७ प्रतिशत बढी हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.६४ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ०.६४ प्रतिशत घटेको छ। बैंकको गैर सञ्चालन आम्दानी २३ लाख रुपैयाँबाट बढेर १ करोड ८० लाख रुपैयाँ पुगेको छ। जसले गर्दा बैंकको खुद नाफामा सामान्य सुधार देखिएको हो। समीक्षा अवधिमा बैंकको वितरण योग्य मुनाफा ४ करोड ९८ लाख रुपैयाँबाट बढेर २५ करोड ७६ लाख रुपैयाँ पुगेको छ।

खुद नाफा सामान्य बढेपछि बैंकको प्रतिशेयर आम्दानी भने समीक्षा अवधिमा घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ १५ पैसा घटेर १६ रुपैयाँ १० पैसामा झरेको हो। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा बैंकको प्रतिशेयर आम्दानी घटेको हो। चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १९.२५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ९० पैसा रहेको छ।

गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकको चुक्ता पूँजी ८.८० प्रतिशत बढेको छ। बैंकले सो दरमा बोनस शेयर वितरण गरी चुक्ता पूँजी बढाएको हो। समीक्षाअवधिमा बैंकको जगेडा कोष ६.९४ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा बैंकको निक्षेप १.३८ प्रतिशत घटेको छ भने कर्जा लगानी १.१४ प्रतिशत घटेको छ। कर्जा लगानी घटेपनि बैंकको निष्क्रिय कर्जा भने बढेको छ। गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो कर्जा ०.६६ प्रतिशतविन्दु बढेको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री