मंगलबार, ६ चैत २०८०

कोरोना सङ्क्रमणबाट २० बर्षिय सुत्केरीको मृत्यु

समयपोष्ट २०७८ वैशाख ६ गते २१:१९

Advertisement

कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–६ की २० वर्षीया महिलाको उपचारका क्रममा आज बाँकेको भेरी अस्पतालमा मृत्यु भएको तुलसीपुर उपमहानगरपालिका कोरोना स्रोत व्यक्ति बिमल केसीले जानकारी दिनुभयो । उहाँलाई गत चैत ३० गते कारोना सङ्क्रमण पुष्टि भएको थियो ।

उहाँको अढाइ महिनाको नवजात शिशु रहेको छ । उहाँका सासु आमा र भाईलाई पनि कोरोना सङ्क्रमण देखिएको छ । उहाँका भाईलाई कोरोना विशेष अस्पताल बेलझुण्डि दाङ र सासु आमाको भेरी अस्पताल बाकेमा भर्ना गरिएको स्रोत व्यक्ति केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री