शुक्रबार, १६ चैत २०८०

गाउँपालिका भवन उद्घाटन गर्दै गर्दा प्रचण्डलाई ओलीको फोन

समयपोष्ट २०७८ वैशाख ३ गते १५:१८

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच टेलिफोनमा कुराकानी भएको छ ।

शुक्रबार कोन्ज्योसोम गाउँपालिकाको भवन उद्घाटन गर्न ललितपुर पुगेका माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री ओलीले फोन गरेका हुन् ।

भवन उद्घाटनपछि छोटो सम्बोधन गरेका उनले प्रधानमन्त्री ओलीको फोन आएको सुनाए । ‘म यहाँ बस्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको फोन आयो धेरै समयपछि’ उनले भने, ‘म एउटा गाउँपालिकाको भवन उद्घाटन गर्दैछु भनेँ ।’कार्यक्रम सकिएपछि प्रधानमन्त्रीसँग कुरा गर्ने भन्दै उनले भने, ‘यो बाटो बनाइदिनुस् भन्नेवाला छु ।’ उनले पूर्वाधार विकासमा सहयोग गर्ने बचन समेत दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री