शनिबार, १५ वैशाख २०८१

‘पढाईको नयाँ फण्डा–मेरोस्कुल’ सार्वजनिक

समयपोष्ट २०७८ वैशाख २ गते १५:५६

Advertisement

एस्ट्रीक टेक्नोलोजिले डिजिटल इ–लर्निङ प्लाटफर्म ‘मेरोस्कुल’ सार्वजनिक गरेको छ। कोभिड-१९ का कारण छुटेको पढाइलाई पूर्णता दिन र संक्रमण जोखिमका कारण भौतिक ट्यूसन तथा कोचिङ्ग पठाउन तथा जान नचाहने अभिभावक तथा विद्यार्थीहरुलाई लक्षित गर्दै यस प्लाटफर्म सार्वजनिक गरिएको हो।
प्रविधिको युगमा यस्तो विषम परिस्थितीमा प्रविधिकै प्रयोग गरी विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले यस प्लाटफर्मको विकास गरिएको हो। ‘पढाईको नयाँ फण्डा’ स्लोगन सहित सार्वजनिक भएको यो प्लाटफर्मले डिजिटल माध्यमबाट विद्यार्थीहरुको पढाइमा सहयोग गर्नेछ।

के हो मेरोस्कुल ?

मेरोस्कुल एक डिजिटल इ–लर्निङ्ग प्लाटफर्म हो । जहाँ नेपाल सरकारको पाठ्यक्रममा आधारित ५ हजारभन्दा धेरै भिडियोहरु उपलब्ध छन् । यहाँ पुराना प्रश्नपत्रहरु हल गरिएका भिडियोहरु पनि समेटिएको छ ।

यसका भिडियोहरु सबै एनिमिटेड र पिक्टोरियल फिचरद्वारा तयार पारिएको हो । यी भिडियोहरु दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सरल भाषामा तयार पारिएका हुन्। शैक्षिक पाठ्यक्रमका अलावा डिजाइनिङ कोर्स, ल्याङवेज कोर्स लगायतका कोर्सहरू पनि यहाँ उपलब्ध छन् । यस प्लाटफर्म सार्वजनिक भएको उपलक्ष्यमा १ महिनाको लागि ट्यूटोरियल भिडियोहरु निःशुल्क हेर्न सकिनेछ।

यसको विशेषता भनेको विद्यार्थीहरुले घरैमा बसी यहाँ भएका भिडियोहरु हेरी पढ्न सकिन्छ । अफलाइन भ्यूइङ्ग फिचर पनि भएकोले यहाँ भएका शैक्षिक सामाग्रीहरु आफुले चाहेको समयमा चाहेको ठाउँमा बसी सुपथ मूल्यमा हेर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री