बुधबार, १२ वैशाख २०८१

मेटलाइफका ग्राहकले बीमा दाबी अनलाइनबाटै गर्न सक्ने

समयपोष्ट २०७८ वैशाख २ गते १५:३६

Advertisement

मेटलाइफ नेपालले अनलाइन दावी इन्टिमेसन सेवा सुचारु गरेको छ ।

जसबाट ग्राहकहरूले आवश्यक कागजात सहित बीमा दाबीहरू अनलाइन माध्यमबाट नै पेश गर्न सक्नेछन् ।

अनलाइन अपलोड भएका आवश्यक जानकारी र कागजातहरु प्राप्त हुनासाथ मेटलाइफको दावी टोलीले तुरुन्त दावी प्रक्रिया शुरु गर्ने कम्पनीले जनाएको छ ।

मेटलाइफ नेपालले यसअघि अनलाइन बीमा दरखास्त, प्रिमियम भुक्तान, र केवाईसी अपडेटका साथै नयाँ ग्राहक सेवा एप प्रयोगमा ल्याइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री