शुक्रबार, ७ वैशाख २०८१

लकडाउन बारे मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

समयपोष्ट २०७७ चैत ३१ गते ११:१६

Advertisement

मन्त्रिपरिषद् बैठकले तत्काल लकडाउन नगर्ने र शैक्षिक संस्थाहरु सुचारु राख्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सीसीएमसीको सिफारिसमाथि छलफल गर्दै यस्तो निर्णय गरेको हो ।

विद्यालयहरु बन्द गर्न सीसीएमसीले सिफारिस गरे पनि सरोकारवालाहरुको रायलाई समेत ध्यान दिँदै तत्कालका लागि शैक्षिक संस्थाहरु बन्द नगर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ । तर, विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु अवलम्बन गर्न भनिएको छ ।

कुनै शैक्षिक संस्था बन्द गर्नुपर्ने अवस्था आएका जिल्लास्तरीय डीसीएमसीले नै स्थानीय तहको जोखिमको अवस्था हेरेर विशिष्टरुपमा निर्णय लिन सक्ने गरी अधिकार प्रत्यायोजन गरिएको बताईएको छ ।

मन्त्रिपरिषदले तत्काल लकडाउन नगर्ने निर्णय गरेको छ । स्थानीय तहको स्थिति हेरेर भिन्दा भिन्दै ठाउँका लागि ठोस निर्णय लिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री