शनिबार, १५ वैशाख २०८१

पत्रकार महासंघमा बागी उम्मेदवारी दिएको भन्‍दै एघार जनालाई कारबाही

समयपोष्ट २०७७ चैत २४ गते २२:१३

Advertisement

नेपाल पत्रकार महासंघको चैत २५ गते हुने चुनावमा बागी उम्मेदवारी दिएको भन्‍दै नेपाल प्रेस युनियनले एघार जना पत्रकारलाई कारवाही गरेको छ ।

युनियनका उपाध्यक्ष दीपक आचार्यले मंगलबार एक बिज्ञप्ती जारी गर्दै सो बारे जानकारी दिएका हुन् । युनियनले बागी उम्मेदवार अवधेश झा,सुवोध गौतम,यम प्रसाद शर्मा यम विरही,माधव दुलाल,लक्ष्मण कार्की,देवबहादुर कुँवर,रविन थपलिया,भुपेन्द्र आचार्य,बिरेन्द्र के एम,राजेश कुमार मिश्र र नन्द बहादुर पहारीलाई कारवाही गरेको हो ।

बिज्ञप्तीमा उम्मेदवारी फिर्ता लिन विभिन्न चरणमा विभिन्न तहबाट गरिएको आग्रहको पालना नगरिएको भन्दै ६ बर्षसम्मको लागि साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री