शनिबार, १५ वैशाख २०८१

विवाह गरेको डेढ महिनामै देखियो दियाको बेबी बम्प !

समयपोष्ट २०७७ चैत २० गते २१:१६

Advertisement

बलिउड नायिका दिया मिर्जा आमा बन्ने भएकी छिन् ।

फ्रेवुअरीमा व्यापारी वैभव रेखीसंग बिहे गरेकी मिर्जाले डेढ महिनामै आमा बन्न लागेको जनाएकी हुन् । बेबी बम्पसहितको तस्वीर सार्वजनिक गर्दै दियाले आफू आमा बन्न लागेको खुशी फ्यानसँग साटेकी हुन् ।

दियाले अस्ताउँदै गरेको सूर्य हेर्दै एउटा तस्वीर सार्वजनिक गरेकी छिन्, जसमा लेखिएको छ–‘धर्तीको जस्तै मलाई पनि आमा बन्ने आर्शिवाद मिलेको छ । एउटा यस्तो जीवन, जसबाट हरेक कुराको सुरुवात हुन्छ । आशाको फूलको रुपमा मेरो गर्भमा पनि सपनाबाट शुद्ध सपनालाई पाल्ने आर्शिवाद मिलेको छ ।’

दियाको वैवाहिक जीवन टुटेपछि उनले दोश्रो बिहे गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री