आइतबार, २३ वैशाख २०८१

राष्ट्रिय प्रत्यारोपण केन्द्रद्वारा डायलोसिस सेवा सञ्चालन

समयपोष्ट २०७७ वैशाख १२ गते १९:३८

Advertisement

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले लागुगरेको लकडाउनको बेलामा पनि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले भने मिर्गौला बिरामीको लागि डायलासिस सेवा सञ्चालन गरेको छ ।

लकडाउनमा शुरुको दिनमा चारघण्टा डायलासिस गर्नुपर्ने बिरामीको समय घटाएर दुई वा तीन घण्टा गर्दै आएको अस्पतालले अहिलेभने पूरा समय नियमित डायलोसिस सेवा दिइरहेको छ ।

दैनिक तीन सिफ्टमा ३० वटा डायलासिस मेशिनबाट केन्द्रले लकडाउनको समयमा पनि दैनिक ७५ जना मिर्गौलाका बिरामीलाई डायलासिस सेवा दिइरहेको केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । अहिले सबै व्यवस्थापन गरेर बिरामीको आवश्यकताका आधारमा डायलासिसमा गरिरहेको जानकारी दिँदै उहाँले १०८ बिरामी डायलासिसको प्रतीक्षा सूचीमा रहेका जानकारी दिनुभयो ।

अस्पतालमा आकस्मिक डायलोसिस गर्ने बिरामी दैनिक पाँचदेखि सातजना आउने गरेका छन् । मिर्गौला तथा कलेजो प्रत्यारोपण गरेका बिरामी तथा दाताको नियमित फलोअप परीक्षण पनि भइरहेको अस्पतालले जनाएको छ । लकडाउन पछि मिर्गौैलाको शल्यक्रिया, प्रत्यारोपण, बहिरङ्गलगायतका सेवा भने रोकिएको केन्द्रले जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री