आइतबार, २३ वैशाख २०८१

कोरोना संक्रमण निको भयो तर छालाको रंग बदलियो

समयपोष्ट २०७७ वैशाख १० गते १४:२३

Advertisement

चीनका दुई डाक्टर कोरोना संक्रमणपछि निको त भए तर उनहिरुको छालाको रंग भने परिवर्तन भएको खबर छ ।

उहान शहरमा बिरामीको उपचार गर्दा कोरोनाबाट संक्रमित हुन पुगेका दुई डाक्टर यी फान र डाक्टर हु विईफिङको उमेर ४२ वर्ष भयो । उनीहरुमा उहान केन्द्रीइ अस्पतालमा काम गर्दै गर्दा १८ जनवरीमा कोरोना संक्रमण पुष्टि भएको थियो । चिनियाँ सरकारी सञ्चारमाध्यम सिसिटिभीका अनुसार दुबैलाई उहान पुल्मोनारी अस्पताल लगियो र त्यसपछि दुईपटक अन्यत्र सारियो ।

भाइरसले कलेजोमा क्षति पु¥याएपछि उनीहरुमा हर्मोनल असन्तुलन देखिएको र छालाको रंग बदलिएको समाचारमा उल्लेख छ । तर, सुरुवातदेखि उनले सेवन गरेको औषधीको असरका कारण छाला कालो भएको एक डाक्टरको अनुमान छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री