आइतबार, २३ वैशाख २०८१

भिडियो भाईरल भएपछि तनावमा यी अभिनेतृ

समयपोष्ट २०७७ वैशाख ९ गते ८:१५

Advertisement

आमिर खानको फिल्म दँगल र सेक्रेट सुपर स्टारकी अभिनेत्री जायरा वसिमले धर्मको नाममा आफ्नो प्रसँसा बन्द गर्न अनुरोध गरेकी छिन् । यस्तो प्रसँसाले आफ्नो इमानमा खतरा सावित भएको उनको कथन छ ।

दुई ओटा फिल्म खेलेपछि उनले अब फिल्म नखेल्ने बताएकी थिईन् । आफ्नो व्यक्तिगत कारणले गर्दा अहिले फिल्म खेल्न नसक्ने अबस्थामा आफु रहेको पनि उनले बताएकी थिईन् । मुस्मिल समुदायकी यि अभिनेत्रीले फिल्म नखेल्नुको कारण धार्मिक समस्या भएको पनि बताउकी थिईन् ।

अभिनेत्री जायरालाई मुस्लिम समुदायले फिल्म खेल्न छाडेकोमा निकै प्रसँसा गरेका छन् । कट्टरपन्थीहरुले उनको प्रसँसा गदै अन्य मुस्लिम अभिनेत्रीहरुलाई फिल्ममा भडकिलोपना छाडेर धार्मिक फिल्म क्षेत्र छाडी धार्मिक गतिविधिमा आउन आह्वान गरेका छन् । सो क्रममा उनीहरुले जायराको निकै प्रसँसा गरको छन् ।

यही प्रसँगमा अभिनेत्री जायराले लेखेकी छिन्,‘यहाँहरुले भनेको जस्तो म त्यतिधेरै धार्मिक पनि हैन । जती यहाँहरुले सोच्नु र प्रसँसा गर्नु भएको छ । त्यसैले जबलिगी जमात लगायत अन्यको प्रसँगमा मलाई धार्मिक कट्टरबादी भनेर न जोड्न पनि आग्रह गर्दछु ।’

Advertisement

अभिनेत्री जायरा वसिमको खुबै प्रसँसा गर्दै जब बबिता फोगाटले जबलिगी जमातको बिषयमा एउटा भिडियो बनाईन । यो भिडियो अहिले भाईरल भएको छ । सो भिडियोमा अभिनेत्री जायराले इस्लामको सम्मानमा फिल्म क्षेत्र छाडेको दाबी बबिताले गरेकी थिईन् । अबका दिनमा जायराले इस्लामकै सेवामा आफ्नो जीवन बिताउने पनि सो भिडियोमार्फत बबिताले दाबी गरेकी छिन् । यो भिडियो आएपछि आफुलाई निकै तनाव भएको पनि यी अभिनेत्रीको कथन छ ।

भिडियोको कारण अभिनेत्री जायराका प्रसँसकहरु बढेको छन् । उनलाई धार्मिक कट्टरपन्थी भन्दै विभिन्न मुसलिम समुदायले सम्पर्कको प्रयास गरेका छन् । यही कारण आफुले यो बिषयमा बोल्नु परेको जायराको भनाई छ ।

आफुलाई एक मुस्लिम युवतीको रुपमा बाँच्न दिनको लागि पनि उनले अनुरोध गरेकी छिन्,‘म यहाँहरुको मायाँ र सम्मानलाई मैले बिनम्रताको साथ स्विकार गरेको छु । तर यो धार्मिक कुरामा अब मलाई जोड नदिनुस्, किनकी मलाई गरिएको यती धेरै प्रसँसाको योग्य म हैन ।’ यि अभिनेत्रीले भनेकी छिन्,‘म कुनै धार्मिक अभियानमा होमिनु भन्दा पनि सामान्य मुस्लिम युवतीको रुपमा बाँच्न चाहन्छु ।’ उनले यस्तो विभिन्न अनुरोध गरेर निकै लामो पत्र सामाजिक सञ्जालमा प्रस्तुत गरेकी छिन् । अहिले आफ्नो पढाई पुरागर्न लागिरहेकी यी अभिनेत्री आउँदा दिनमा फिल्ममा फर्कन सक्ने विश्वास बलिउडको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री