आइतबार, २३ वैशाख २०८१

बालबालिकाको पोषणसम्बन्धी स्क्रिनिङ क्याम्प

समयपोष्ट २०७५ चैत १७ गते ११:३५


पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिकाअन्तर्गत विभिन्न वडामा बालबालिकाको पोषणसम्बन्धी स्क्रिनिङ क्याम्प शुरु भएको छ ।

Advertisement

गाउँपालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिमार्फत मिलन म्याग्दी तथा सुआहारा कार्यक्रमको प्राविधिक सहयोगमा पोषण लेखाजोखासम्बन्धी क्याम्प सञ्चालन गरिएको हो । बच्चा जन्मिएको छ महीनादेखि पाँच वर्षसम्मका बालबालिकाको पोषण अवस्था पत्ता लगाउन स्क्रिनिङ क्याम्प आयोजना गरिएको धवलागिरि गाउँपालिकाले जनाएको छ ।

कार्यक्रमअन्तर्गत शुक्रबार धवलागिरि–३ मुनामा कुपोषण पत्ता लगाउन २१ बच्चाको नापजाँच गरिएकामा सबै बालबालिकाको मध्यम अवस्था रहेको पाइएको सुआहाराका फिल्ड सुपरभाइजर चन्द्रकला बानियाँले बताए । उनका अनुसार, धवलागिरिका अधिकांश वडामा बिहीबार र शुक्रबार कार्यक्रम गरिएको छ भने वडाभित्रका केही टोल बस्तीमा कार्यक्रम सञ्चालन भइरहेको छ ।

यसैगरी धवलागिरि–१ गुर्जामा भने आइतबार र सोमबार कार्यक्रम हुने आयोजकले जनाएका छन् । मुनामा सम्पन्न गरिएको कार्यक्रममा वडाका जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, लक्षित समूहका महिला तथा बालबालिकालगायतको सहभागिता रहेको थियो । कार्यक्रमको अवसरमा पोषिलो खाना प्रदर्शनीसमेत गरिएको थियो ।

बच्चामा कुपोषण भए/नभएको अवस्था पत्ता लगाइसकेपछि उसलाई पोषणयुक्त खानपानको व्यवस्था गर्ने, नियमित स्वास्थ्य परीक्षण र परिवारलाई परामर्श दिइने कार्यक्रम रहेको जनाइएको छ । त्यस्तै धवलागिरि–७ ताकममा सञ्चालन गरिएको क्याम्पमा तीन बालिकामा कुपोषण भएको भेटिइएको ताकम स्वास्थ्यचौकीका इन्चार्ज सम्झना खाती क्षत्रीले जानकारी दिएका छन् ।

Advertisement

अन्तर्राष्ट्रिय व्यापार मेलामा म्याग्दीको भीरमह र जडिबुटी

शनिबार काठमाडौँमा सम्पन्न नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको भीरमह र जडीबुटीलेसमेत महत्व पाएको छ ।

व्यापार मेला प्रदर्शनीमा जिल्लामा बहुमूल्य जडीबुटीको खानी मानिने मुदी तथा आसपासका क्षेत्रमा पाइने जडीबुटी र भीरमहको प्रर्दशनीसमेत गरिएको र प्रदर्शनीमा राखिएको भीरमह सबै बिक्री भएको म्याग्दी उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष सुविन श्रेष्ठले बताए ।

उनका अनुसार, म्याग्दी उद्योग वाणिज्य सङ्घको पहलमा शुद्ध भीरमह र जडीबुटीको बिक्री वितरणका लागि आशमान गुरुङको मोइन्वा ट्रेडर्सले स्टल राखेको थियो । म्याग्दीको एक मात्रै स्टलमा भीरमहको अन्तर्राष्ट्रिय बजारका बारेमा समेत चासो व्यक्त गरिएको उनले बताए ।

मुदीमा पाइने यार्सागुम्बासहितका जडीबुटीको माग देशमा भन्दा अन्तर्राष्ट्रिय बजारमा धेरै भएको उपाध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री