शुक्रबार, ९ साउन २०८२

प्रधानमन्त्री ओली र उर्जामन्त्री पुनलाई कति पर्यो त्रिशुलीको आईपीओ

समयपोष्ट २०७५ चैत १४ गते १३:४६

त्रिशुली जलविद्युत कम्पनीले निष्काशन गरेको माथिल्लो त्रिशुली–३ ‘बी’ जलविद्युत आयोजनाको आईपिओ बाँडफाँड भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको उपस्थितिमा बिहिबार सिंहदरबारमा आईपिओ बाँडफाँड गरिएको हो ।

आइपिओ आवेदन गरेका ५० हजार २६७ जना आवेदकले गोलाप्रथाबाट थप १० कित्ता सहित कूल ३० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । बाँकी आवेदकलाई २० कित्ताका दरले बाँडफाँड गरिएकाे छ।

आईपिओमा आवेदन गरेका कूल एक लाख ५४ हजार ५५९ आवेदन सदर भएकाे थियाे । जसमध्ये एक लाख चार हजार २९२ जना आवेदकले २० कित्ता शेयर प्राप्त गरेका छन् ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कूल ६७ वटा आवेदन रद्ध भएको छ । जसमध्ये दोहोरो आवेदन गरेका कारण १९ आवेदकबाट परेको ३८ र संस्थागत आवेदनबाट परेको २९ वटा आवेदन पनि रद्ध भएको हो । आईपिओमा एक लाख ५४ हजार ५५९ आवेदनबाट ६ करोड ४५ लाख ५२ हजार ९०० कित्ताको आवेदन परेको थियो ।

कम्पनीको आईपिओमा प्रधानमन्त्री केपी शर्मा ओलीले १० हजार कित्ता तथा ऊर्जामन्त्री वर्षमान पुनले एक हजार कित्ता शेयरको लागि आवेदन दिएका थिए। प्रधानमन्त्री ओली र उर्जामन्त्री पुनलाई २०–२० कित्ता मात्रै शेयर परेको ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री