सेयर बजारमा सामान्य अंकको सुधार
समयपोष्ट
२०७५ चैत १२ गते १५:२६
सेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसुचक २.०७ अंकले बढेर ११४०.७२ अंकमा पुगेको छ । आज सेयर बजारमा १ सय ७१ कम्पनीका ८ लाख कित्ता सेयर २१ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी सेयर नेपाल बंगलादेश बैंकको संस्थापक सेयर किनबेच भएको छ ।
आज लघुवित्त समुह उपसुचक बाहेक सबै समुह उपसुचकहरु बढेका छन् । आज बाणिज्य बैंक समुह १.१६,होटल १.९४,विकास बैंक ०.०२,जलविद्युत ३.२२,फाइनान्स ०.२८,र्निजिवन बीमा २४.१९,उत्पादनमुलक ११.०६,अन्य ५.४२ र जीवन बीमा समुह ०.५८ अंकले बढेका छन् ।
प्रतिक्रिया