बुधबार, ७ साउन २०८२

अत्तरियामा ग्लोबल आइएमई बैंकको नयाँ शाखा विस्तार

समयपोष्ट २०७५ चैत ८ गते १६:५७

ग्लोबल आइएमई बैंक लिमिटेडले कैलाली जिल्लाको अत्तरिया स्थित नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखाको पूर्व मन्त्री एंव प्रतिनिधि सभा सदस्य माननीय लेखराज भट्टले शुक्रबार समुद्घाटन गरे ।

शाखाको समुद्घाटन गर्दै भट्टले अत्तरिया लगायत देशका अन्य स्थानहरुमा ग्लोबल आइएमई बैंकले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनिय टेवा पुगेको बताए ।

कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकले सुविधा सम्पन्न स्थानमा मात्र नभएर विकट क्षेत्रमा समेत पुगेर सेवा प्रदान गरिरहेको जानकारी दिए ।

समुद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, उद्योग बाणिज्य संघका पदाधिकारी, बुद्घिजीवि तथा स्थानीयवासीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले १३४ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ९ वटा एक्सटेन्सन काउण्टर तथा १२१ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री