कहिले हुन्छ स्पर्श लघुवित्तको आइपिओ बाडँफाँड ?
समयपोष्ट
२०७५ चैत ८ गते १०:५६
स्पर्श लघुवित्त वित्तीय संस्थाले चैत १० गते आइतबार साधारण शेयर बाडँफाँड गर्ने भएको छ ।
कम्पनीले फागुन २६ देखि २९ गतेसम्म कर्मचारी र म्युचुअल फण्डहरुलाई छुट्टाएर २ लाख ५२ हजार कित्ता साधारण शेयर जारी गरेको थियो ।
आईपिओमा २ लाख ९८ हजार ३५३ आवेदनबाट सर्वसाधारणमा बिक्री खुला भएको शेयरको ३२.२३३ गुणा अर्थात ८१ करोड २२ लाख ९४ हजार रुपैयाँ बराबरको ८१ लाख २२ हजार ९४० कित्ता शेयरकाे माग सदर भएकाे छ ।
आईपिओमा आवेदन गरेका ५८५ वटा आवेदनबाट परेको १५ हजार ५०० कित्ताको आवेदन रद्ध भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ।
प्रतिक्रिया