शनिबार, १५ वैशाख २०८१

सुहागरातकै दिन यौन शक्ति बढाउने औषधी खाएर पत्नीमाथि अप्राकृतिक बलात्कार गरेपछि…..

समयपोष्ट २०७५ चैत ७ गते १७:१२

Advertisement

भारतको उत्तर प्रदेशको बरेलीमा एक युवकले आफ्नी नवविवाहित पत्नीमाथि सुहागरातकै दिन यौनजन्य अत्याचार गरेर फरार भएका छन् । पहिलो रातमै पतिको क्रुरताका कारण नवविवाहिता आत्तिएकी छिन् ।

उनका पतिले बिहेकै दिन यौन शक्ति बढाउने औषधी खाएर पत्नीमाथि अप्राकृतिक रुपमा बलात्कार गरेका थिए । त्यसपछि हरेक दिन उनी यौन शक्तिवद्र्धक औषधी खाएर पत्नीमाथि अत्याचार गर्थे । जसका कारण बेहुली अस्पताल भर्ना भएकी छिन् जहाँ उनको अपरेशन गरिएको छ । बेहुली अस्पताल भर्ना भएसँगै बेहुला परिवारसमेत फरार भएका छन् ।

गएको २१ फेब्रुअरीमा शेरगढकी युवतीको बिहे देवरनियाका युवकसँग भएको थियो । २२ फेब्रुअरीका दिन उनी माइतीबाट विदा भएर घर पुगिन् । बेहुलीका अनुसार त्यही दिनदेखि नै उनका पतिले यौन शक्ति बढाउने औषधी खान थालेका थिए । उनले लगातार नवविवाहित पत्नीसँग अप्राकृतिक सम्बनध बनाए । बेहुलीका अनुसार उनले पतिको क्रुरताको विरोध गर्दा मुखमा कपडा कोचिदिन्थे । पतिको सनकका कारण पत्नीको हालत निकै नाजुक भयो तर उनको अत्याचार रोकिएन ।

बेहुलीले सुहागरातको भोलिपल्ट पतिका परिवारसँग यसबारे भनेकी थिइन् । तर उनहिरुले बुहारीको कुरा सुन्दै सुनेनन् । परिवारले पतिलाई केही नभन्ने र पतिले सधैं अत्याचार गरेपछि उनी सहन नसकी माइतीको शरणमा गइन् । उनले रुँदै माइतीलाई सबथोक बताईन्।

त्यसपछि माइतीले उनलाई लिएर आए र उनका पतिविरुद्ध पुलिसमा उजुरी गरिदिए । महिलाका अपरेशन गरिएको छ र उनी अस्पतालमै छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री