शनिबार, १५ वैशाख २०८१

मन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटना हुँदा उद्दारमा खट्ने ३ प्रहरी पुरस्कृत

समयपोष्ट २०७५ चैत ६ गते १९:३४

Advertisement

फागुन १५ गते पाथीभरा मन्दिर दर्शन गरेर फर्किने क्रममा भएको दुर्घटनाको उद्धारमा खटिने ३ प्रहरी पुरस्कृत भएका छन् । तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटना हुँदा मन्त्री अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो ।

सोही घटनामा उद्धार कार्यमा जुटेका ताप्लेजुङका तीन प्रहरी पुरस्कृत भएका हुन् । पुरस्कृत हुनेमा प्रहरी हवल्दार वेद कुमार अर्याल, प्रहरी जवान उपेन्द्र राई र प्रहरी जवान मनोज कुमार चौधरी छन्।

उनीहरु तीनै जना ताप्लेजुङको अस्थायी प्रहरी चौकी माथिल्लो फेदीमा कार्यरत रहेका थिए । ३ प्रहरीलाई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनोट गर्दै आएको छ।

उद्धार तथा खोजतलास एवम् शव संकलन गर्ने कार्यमा खटिई देश र नागरिकसमक्ष नेपाल प्रहरीको छवि उच्च बनाएको भन्दै उनीहरुलाई पुरस्कृत गरिएको हो । मन्त्री अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर ताप्लेजुङको फुङलिङ नगरपालिका–१० स्थित सिस्ने भिरमा दुर्घटनामा परेको थियो । हेलिकोप्टर दुर्घटनामा परेलगत्तै तीनैजना प्रहरी उद्धार कार्यमा जुटेका थिए । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री